पर्सा । पर्सा जिल्लाको निचुटा स्वास्थ्य चौकी पटेर्वा सुगौली ग.पा ५ निचुटा पर्सामा तथा आयोजक पटेर्वा सुगौली गाउँपालिका पर्सा एवम् सहयोगी हेटौडा समुदायिक आँखा अस्पताल र तिलगङ्गा सामुदायिक आँखा केन्द्र निचुटा द्वारा आयोजित ३ दिने आँखा शिविर कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। सो शिविरको उद्घाटन वडाध्यक्ष दिनेश चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
३ दिने कार्यक्रममा जम्मा १३०७ जना आखा सम्बन्धि बिरामीहरुको जाच भएको थियोे जसमध्ये ३०९ जना मोतियाबिन्दुको बिरामी फेला परेको थियो ती मध्ये २३० जना मोतियाबिन्दु बिरामीहरुको शल्यकृया गरिएको थियो। यस कार्यमा सहयोग गर्ने चिकित्सक , स्वास्थ्यकर्मीहरु तथा अन्य कर्मचारीहरु डा. मोहिनी श्रेष्ठ, सुशील सिह ,रीना खडगी , कृष्णा कुशवाहा शृजना भुषाल, अचला शर्मा ,जनक अवश्थी ,रोशनी गिरी, नारायण अधिकारी ,कृष्ण खतिवडा ,देवकी लुईटेल, अन्जली मिश्रा ,पुष्पा सिह ,तारकेश्वर चौधरी , मुना चौधरी, दिनेश रुम्बा लगाएतकाहरुको सहयोगले भएको थियो।
पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष ममता महतो
वडा नं २ का अध्यक्ष विजय श्री गैरे,वडा नं ३ अध्यक्ष माधो राउत ,वडा सदस्यहरु हैदर अन्सारी, सहमद अन्सारी,लक्षणदेव चौधरी,समाज सेवी धुरण चौधरी,निचुटा स्वास्थ्य चौकीका इन्चार्ज प्रमोद कर्णको उपस्थिति रहेको थियो पटेर्वा सुगौली गाउँपालिकाको स्वास्थ्य प्रमुख भुजेन्द्र प्रसाद यादवले जानकारी गराएका थिए।कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ममता महतो, वडा सदस्यहरू, स्वास्थ्य शाखा संयोजक, स्वास्थ्यकर्मी, आँखा विशेषज्ञ, स्थानीय बासिन्दा र समाजसेवीहरूको सक्रिय उपस्थिति रहेको थियो ।
आयोजकहरूले यस्तो शिविरले गाउँमा आँखा सम्बन्धी समस्याहरूको पहिचान र उपचारमा सहजता हुने विश्वास व्यक्त गरेका छन् ।