रौतहट । स्थानीय तहको उपनिर्वाचन अन्तर्गत मधेश प्रदेशको सप्तरी, धनुषा, महोत्तरी, रौतहटको सात स्थानमा निर्वाचन आइतबार निर्वाचन हुँदैछ ।
यसको सम्पूर्ण तयारी पूरा भइसकेको मधेश प्रदेश निर्वाचनको कार्यालयले जनाएको छ । सप्तरीको डाक्नेश्वरी नगर पालिका वडा नम्बर १ मा २०७९ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका प्रीतमलाल चौधरी निर्वाचित भएका थिए । तर उनको निधनपछि उपनिर्वाचन हुँदैछ । त्यस्तै सोही नगरपालिकाको वडा नम्बर ४ का अध्यक्षको निधनपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा कांग्रेसका हरि प्रसाद रायले ३३३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
धनुषाको धनुषाधाम नगर पालिका १ को वडाअध्यक्ष विश्वनाथ यादवको निधनपछि सो पदमा पनि उपनिर्वाचन हुन लागेको छ । कांग्रेसका यादव गत निर्वाचनमा ६१८ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
त्यस्तै उपनिर्वाचन हुन लागेको महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ मा गत चुनावमा नेकपा माओवादी केन्द्रका मुकेश कुमार यादव ४३३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
त्यसैगरि रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ मा एमालेका वडाअध्यक्ष शेख खलीउल्लाह ६८३ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
त्यस्तै रौतहटको र ाजपुर नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका शेख मोजरे आलम ५३४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
त्यस्तै गढीमाई नगरपालिका वडा नम्बर ८ पनि वडाअध्यक्षको निधनपछि उपनिर्वाचन हुँदैछ । गत निर्वाचनमा सो वडामा जसपा नेपालका रामाज्ञा राय यादव ७६४ मत प्राप्त गरी निर्वाचित भएका थिए ।
मधेश प्रदेशको सात स्थानमा भइरहेको उपनिर्वाचनमा १०३ जना उम्मेदवार छन् ।