बिरगंज । बिरगंजको परवानीपुर स्थित डि.ए.भि.आर.बी. केडिया स्कुलको ३१ औं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ। सो वार्षिकोत्सब कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मानित तथा विभिन्न बिधामा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो।सो कार्यक्रमको प्रमुख अतिथि बिरगंजमा रहेको भारतिय महाबाणिज्यका महादुत डि.एस मिनाको आतिथ्यमा सम्पन्न भएको थियो। डि.ए.भि.आर.बी. केडिया स्कुलका सुनिल केडियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो भने विशिष्ट अतिथिमा काठमाडाै डि.ए.भि.आर.बी. केडिया स्कुलका भाईस प्रिन्सिपल राम चन्द्र खनाल, डा.बिजय अग्रवालका उपस्थिति रहेको थियो।
अतिथिमा नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाकि उपाध्यक्ष श्रीमती मधु राणा,बाईपास दैनिकका संचालक धिरज दारुका,संचारकर्मी जगत राई,सन्तोष रजितकार, डा.दिपेन्द्र कुमार चौधरी,राहुल श्रीवास्तव, शिव गुप्ता
लगाएतकाहरुका उपस्थिति रहेको थियोे।
सो कार्यक्रममा डि.ए.भि.आर.बी. केडिया स्कुलका बालबालिकाहरुले आफ्नो नृत्य प्रस्तुत गरि सबै अतिथीहरुलाई स्वागत गरेका थिए।
डि.ए.भि.आर.बी. केडिया स्कुलका शिक्षक, शिक्षिका ,समाज सेवी,विद्यार्थीवर्ग , अभिवावकवर्गहरुको उल्लेखनीय उपस्थिति मा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा केडिया ग्रुपका सौरभ केडिया,सन्दिप केडिया एवम् ७ सय जना अभिवावकहरुको उपस्थिति रहेको थियो सो कार्यक्रम ६ घन्टा सम्म चलेको थियोे भनि डि.ए.भि.आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्राले बताएका थिए।