बिरगंज । जनमतपार्टी पर्सा द्वारा जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाइएको छ।पर्सा जिल्लामा मल,खाद्यको कालो बजारी एवम् तस्करी नियन्त्रण गरि आम किसानलाई सहज रुपमा बितरणको पहल गर्न आज बिहिवार जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापन पत्र बुझाइएको हो।
पार्टीगत अधारमा मलखाद बितरण गर्ने गरि जनमत पार्टीसंग आबद्ध भएका किसानहरु लाई मलखाद बाट बन्चित गरेको पहुँच नभएको निमुखा किसानहरु लाई मलखाद नपाएको जस्तो गुनासोहरु आएको हुदा तेसैले पर्सा जिल्लामा मलखादमा भैइ रहेको कालो बजारी गर्ने डिलर लाई छापामारी गरेर दण्ड सजाय दिनु पर्ने किसानहरु लाई विभेद नगरी सहज तरिकाले सुपथ मुल्यमा उपलब्ध गराउनु हुन अनुरोध गरिन्छ किसानहरुको गहुँ तथा अन्य बालीमा छर्ने समय भएकोले तुरुन्तै मलखदहरु उपलब्ध नभएको खण्डमा उनिहरुको उपजमा समेत अफ्ट्यारो पर्ने भएकोले गुजारा चलाउन समेत धौ धौ हुने छ।घर चलाउन समेत कठिनाई हुने भएकोले समयमै सहज तरिकाले उपलब्ध गराईदिनु हुन अनुरोध समेत गरेका थिए। समयमै सहज तरिकाले उपलब्ध नभएमा जनमत पार्टी पर्सा द्वारा आन्दोलन गर्ने बाध्य हुने छ भनी ज्ञापन पत्र बुझाइएको थियोे।
पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फको नेतृत्वमा गएको टोलीमा राजनीतिक समितिका सदस्य सिपु तिवारी ,केन्द्रिय सदस्यहरु बिध्यालाल प्रसाद, अनिता रौनियार ,श्याम गुप्ता, नजमा खातुन , राजेश चौरसिया,ई.राहुल रौनियार , महानगर अध्यक्ष महादेव शर्मा,नेताहरू बृजेस्वर चौधरी ,अमरनाथ सिह राठौर,छोटेलाल प्रसाद, अन्जना गुप्ता, केदार पटेल मनोज साह,संजय सिह, उदय यादव ,लोकेश कर्ण , सन्जय वर्मा,सिकिन्द्र राम,कौशल यादव , कृष्ण कुशवाहा, पवन गुप्ता लगाएतकाहरु पार्टीका नेता एवम् कार्यकर्ताहरुको उल्लेखनीय संख्यामा सहभागीता रहेको थियो।