बिरगंज । बिरगंज २९ मंसिर बिरगंज कुम्हालटाेल स्थित वडा नम्बर ५ मा बिरगंज युवा समाज द्वारा आयोजित निशुल्क आँखा तथा स्त्रीरोग चेकजाँच शिविर सम्पन्न भएको छ। सो कार्यक्रम बिरगंज कुम्हालटाेल स्थित स्टार युरो किडस स्कुलमा सम्पन्न भएको थियोे भने सो कार्यक्रमको प्रमुख अतिथी बिरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदिप कुमार चौरसियाको आतिथ्यमा सम्पन्न भएको थियो एवम् विशिष्ट अतिथिमा वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निरोज चौलागाईं,
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह,वडा सदस्य सन्जु दहाल,रुस्तम अल्लीको उपस्थितिमा सम्पन्न भएको थियो भने कार्यक्रम बिरगंज युवा समाजका अध्यक्ष सन्जिव कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको थियोे।सो कार्यक्रममा शुभकामना मन्तव्य बिरगंज युवा समाजका उपाध्यक्ष एवम् स्टार युरो किडस स्कुलका संचालिका सानू राणाले गरेकी थिईन भने मानवसेवा आश्रम बिरगंजका संस्थापक अध्यक्ष देवेश मानवसेवा,लायस क्लबका श्याम गुप्ता संचारकर्मी अभिलाष गुप्ता, वरिष्ठ समाज सेवी राजेन्द्र भट्टराई,आकाश पटेल, राजु साह लगाएतकाहरु पनि उपस्थित रहेका थिए।
सो अवसरमा प्रमुख अतिथी प्रदीप कुमार चौरसियाका अनुसार आँखा हाम्रो शरिरको सबैभन्दा महत्वपुर्ण अंग भएकोले यसको उचित देखरेख गर्न आवश्यक रहेको आफ्नो स्वास्थको ख्याल आफै गर्नु पर्छ स्वास्थ रहे मस्त रहिन्छ मानिस स्वास्थ रहे बल्ल केही गर्छ सक्छौ।
सो कार्यक्रममा प्राविधिक सहयोग किरण आँखा अस्पताल ,श्रीराम हस्पिटल प्रा.ली. बिरगंज एवं बिबिध सहयोग बिरगंज महानगरपालिका ५ नम्बर वडा कार्यालय रहेका थिए। सो कार्यक्रममा वडावासिहरुले निशुल्क आँखा एवम् स्त्रीरोग चेकजाँच गराई लाभ उठाएका थिए भने निशुल्क औषधि पनि दिईएको थियोे।
सो कार्यक्रम सहजीकरण बिरगंज युवा समाजका कार्यकारी सदस्य बिनोद धिमालले गरेका थिए।सो कार्यक्रममा समाज सेवी, स्वास्थकर्मी,जनसमुदाय,सन्चारकर्मी,अभिभावक वर्ग,जेष्ठ नागरी,नागरिक समाजका अगुवाहरु लागाएतकाहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियोे।