काठमाडौं । बर्दिया, गुलरिया नगरपालिका-६ स्थित सडकमा रोकी राखेको म.१ त १०६२ नम्बरको ट्याक्टरमा बा.६८ प ७०३६ नम्बरको स्कुटर ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा स्कुटर चालक सप्तरी रूपनी गाउँपालिका-१ घर भई गुलरिया नगरपालिका-६ बस्ने ३७ वर्षीय रामकुमार साह र सोही स्कुटरमा सवार उनकी छोरी ६ वर्षीया विद्या साह रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बर्दिया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ मसिनेस्थित सडकमा बा.३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट करिब ७० मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा चालक धादिङ धुनिबेसी नगरपालिका-७ बस्ने २६ वर्षीय टिकाराम तामाङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-७ राताडाँडास्थित सडकमा बा.६१ प ४५६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दर्घटना हुँदा चालक ठाटीकाँध गाउँपालिका-१ मटेला बस्ने ३२ वर्षीय मनोज कुमार भण्डारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको दुल्लु अस्पताल दुल्लुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापा, दमक नगरपालिका-१० सेतुमारी चोकस्थित सडकमा प्रदेश १-०१-०१५ प १७९३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार गौरादह नगरपालिका-५ बस्ने ३२ वर्षीया जमुना धिमाल र २५ वर्षीया मनचरी राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि बिएण्डसि अस्पताल विर्तामोड रिफर गरिएको छ ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-१० किराँत चोकस्थित सडकमा रोकी राखेको को.२ त ४१४५ नम्बरको ट्याक्टरमा मे.९ प ६२४ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार बेलुकी दुर्घटना हुँदा चालक मेची नगरपालिका-५ बस्ने ४२ वर्षीय सन्तोष कुमार लिम्बुको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-१५ कपासीस्थित सडकमा घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.३ प ९३५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका-१४ छिवाङ बस्ने २१ वर्षीय मिन बहादुर वलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी दाङ, लमही नगरपालिका-९ च्याँउ खोला नजिक सडकमा चन्द्रौटाबाट बर्दियातर्फ जाँदै गरेको लु.१ ज ४२९८ नम्बरको विङ्गर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा विङ्गरमा सवार कपिलबस्तु शिवराज नगरपालिका-३ बस्ने ४२ वर्षीया त्रीथी थारू र ६० वर्षीया फुलसी थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका विङ्गरमा सवार १२ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । विङ्गर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।