गौर । प्रादेशिक अस्पताल गौर व्यवस्थापन समितिका अध्यक्ष अनवर हासमीको निजि अस्पताल बनेको आरोप लागेको छ।
अस्पतालमै कार्यरत चिकित्सक डा. ईम्त्याज अहमदले पत्रकार सम्मेलन आयोजना गरि प्रादेशिक अस्पताल गौर अध्यक्ष हासमीको निजि अस्पताल बनेको आरोप लगाएका छन।
तानाशाह शैलीमा अध्यक्ष हासमिले आफुलाई दासी बनाउन खोजेको र प्रतिकार गरेपछी अपशब्द सहित सत्ता र शक्तिको आडमा दुर्ववहार गरेको आरोप लगाएका छन।
डा. ईम्त्याजले भने, म मात्र होईन अस्पतालमा कार्यरत अन्य चिकित्सकहरु पनि तानाशाह अध्यक्ष हासमीबाट दुर्ववहार र शोषण सहदै आएको छ। कोहि प्रतिकार गर्न आँट गर्छन भने सत्ता र शाक्ती प्रयोग गरि हटाईने र सरुवा गर्ने गरेको छ। म सहित अस्पतालमा कार्यरत चिकित्सकद्वव अमित चौधरी , बिपिन चौधरी र डा. गोपाल दुर्ववहारका सिकार बन्दै अस्पतालबाट अन्यत्र सरुवा भएका छन।
अस्पतालमा अधिकत्तम चिकित्सक करारमा कार्यरत छन। २ देखि ५ लाख सम्म तिरेर करारमा काम गर्दै गरेका चिकित्सकले हटाईने डरले अध्यक्ष हासमीको दुर्ववहार खेप्दै बसेका छन।
डा. ईम्त्याजलाई अध्यक्ष हासमीले रेडियोलोइस्ट र आईसियु कक्ष हेर्न मासिक ३ लाख तलव भत्ता तोकि भर्ना गरेका थिए। भ्रष्टाचारी र तानाशाही प्रवृतीले चल्दै आएको अस्पतालमा अध्यक्ष हासमीको दुर्ववहार सहनै नसकेर प्रतिकार गरेपछी डा. इम्त्याजलाई पनि हटाईयो । पत्रकार सम्मेलन मार्फत डा. ईम्त्याजले आफुलाई तोकिए बमोजिम ३ महिनाको तलव पाउनुपर्ने माग राखेका छन ।
अस्पतालमा अहिले रेडियोलोजिस्ट र आईसियु सेवा थप छन। सोसल मिडियामार्फत रेडियोलोजिस्ट भर्नाका लागि बिज्ञापन गरिएको छ तर अध्यक्ष हासमीको तानाशाहका कारण कोहि काम गर्न ईक्छुक देखिदैनन।
हाल सेवाग्राही चर्को मुल्यमा निजि क्लिनिकमा सेवा लिन बाध्य छन।