बिरगंज । नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको २७ औ निर्वाचनबाट निर्वाचित भएका नव निर्वाचित पदाधिकारी सदस्यहरु लाई एक कार्यकम बिच आज प्रमाण पत्र प्रदान ग़रीएको छ। नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको सभाहलमा सम्पन्न भएको सो कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासङ्घ पर्साका पुर्व उपाध्यक्ष युवराज खडकाको आतिथ्यमा सम्पन्न भएको थियो।
अतिथिमा केन्द्रिय पर्यवेक्षक एवम् नेपाल पत्रकार महासङका सचीव दिपेन्द्र चौहान,प्रेसकाउन्सिलका सदस्य लाल बाबू शेष,प्रमुख निर्वाचन अधिकृत शत्रुधन नेपाल,अशोक तिवारी, अधिवक्ता हरेराम सराफ लगाएतकाहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रमाणपत्र बितरणको सहजीकरण दिपेन्द्र चौहानले गरेका थिए। कार्यक्रममा दिपेन्द्र चौहान,अशोक तिवारी,हरेराम सराफ,लाल बाबू शेष लगायतले अाफनों शुभकामना मन्तवय राखदै सम्पूर्ण नवनिर्वाचित सदस्यलाई बधाई तथा नया कार्यकालको सफलताको कामना गरेका थीए।
नयाँ कार्यसमितिको लागी चयन भएका पदाधिकारी एवम् सदस्यहरुलाई फूलमाला लगाई स सम्मान सहित प्रमाणपत्र दिईएको थियोे।
कार्यकममा नवनिर्वाचित अध्यक्षमा ओमप्रकाश खनाल,उपाध्यक्ष भूषण यादव, महिला उपाध्यक्ष पदमा निलिमा पौडेल, सचिवमा विजय चौहान, सहसचिव समावेशी पदमा एसके चौरसिया, सहसचिव खुला पदमा
अजयकुमार चौरसिया,कोषाध्यक्षमा सञ्जीवकुमार मिश्र , महिला सदस्यमा कमला भण्डारी, आदिवासी जनजाति सदस्यमा अजित कुमार भुजेल र मधेसी सदस्यमा आरोहण साह, समावेशी सदस्यमा प्रकाशकुमार तिवारी, खुला सदस्यतर्फ तिवारी यादव, राहुल गुप्ता, श्याम कुशवाहा, प्रमोद यादव, बलिराम शुक्ला, रितेश झा, केंद्रीय सदस्य अशोक तिवारी,केन्द्रीय परिषद् सदस्यमा महेशचन्द्र गौतम र राघव साह कानु लागाएतकाहरु लाई फुलको माला लगाई सम्मान प्रमाणपत्र दिईएको थियोे।
सो कार्यक्रममा नागरिक समाजका श्रवणबहादुर रायमाझी,मनोज मिश्रा एवम् विभिन्न मिडिया बाट पाल्नुभएको सन्चारकर्मीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
सोकार्यक्रममा अध्यक्ष ओमप्रकाश खनालले महासंघलाई थप सशक्त, सक्रिय र पत्रकारहरुको हकहितमा केन्द्रित बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थीए। उनले भने नेपाल पत्रकार महासंघ पर्सालाई नयाँ उचाइमा पुर्याउन हामी सबैजना एकजुट भएर काम गर्नेछौं । पत्रकारिताको मर्यादा र जनताको आवाज लाई सुनिश्चित गर्दै अगाडि बढ्नु नै हाम्रो मुख्य जिम्मेवारी हुनेछ।
यस कार्यक्रमका संचालन निर्वाचन अधिकृत राजेन्द्र सिंह राजपुतले गरेका थिए।