भिटामिन सी शरीरका लागि सबैभन्दा महत्त्वपूर्ण पोषक तत्त्वमध्ये एक हो । यसलाई ‘एस्कोर्बिक एसिड’ पनि भनिन्छ । यो पानीमा घुलनशील भिटामिन हो, जुन कागती, सुन्तला, गोलभेंडा, अमला, भुईंकटहर र हरियो सागसब्जी लगायतमा पाइन्छ ।
यसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरलाई सङ्क्रमणबाट बचाउँछ । घाउ निको गराउने, दाँत र हड्डीको निर्माण र मर्मत गर्ने काम भिटामिन सीले गर्छ । साथै यसले छालालाई चम्किलो राख्छ र बुढ्यौलीको प्रक्रियालाई सुस्त बनाउँछ । यसले रक्तचाप नियन्त्रणमा पनि मद्दत गर्छ ।
सबै फाइदाका कारण मानिसहरू भिटामिन सीयुक्त खानेकुरा तथा यसको सप्लिमेन्ट खान थाल्छन् । तर यस भिटामिनको फाइदाका कारण यसलाई अन्धाधुन्ध उपभोग गर्नु हुँदैन । किनभने भिटामिन सीको बढी मात्रा शरीरका लागि खतरनाक हुनसक्छ । यसको सीमित मात्रा धेरै लाभदायक हुन्छ, यदि यसको मात्रा बढी हुँदा धेरै बेफाइदा पनि हुनसक्छन् ।
दैनिक कति भिटामिन सी आवश्यक हुन्छ ?
एक वयस्कका लागि भिटामिन सीको दैनिक खुराक ६५ देखि ९० मिलिग्राम हुन्छ । यसको अधिकतम सीमा दुई हजार मिलिग्राम हो । यही कारणले गर्दा जब खानाबाट भिटामिन सीको आपूर्ति पर्याप्त हुँदैन, मानिसहरूले सप्लिमेन्ट लिन थाल्छन् । तर भिटामिन सीको अत्यधिक सेवनले शरीरमा यसको अवशोषण दर घटाउँछ । यसकारण यो शरीरमा जम्मा हुन थाल्छ र त्यसपछि भिटामिन सीको ओभर डोजको लक्षण देखिन थाल्छ ।
मिर्गौला पत्थरी
भिटामिन सी शरीरबाट अक्सलेटको रूपमा निस्कन्छ । अधिक भिटामिन सीको कारण यी फोहोर उत्पादन जम्मा हुन थाल्छ, जसले युरिक एसिड बढाउँछ र मिर्गौलाको पत्थरीको रूप लिन थाल्छ ।
आइरन ओभरडोज
भिटामिन सीले आइरन अवशोषणको प्रक्रियालाई समर्थन गर्छ । तर जब शरीरमा भिटामिन सीको मात्रा बढी हुन्छ, यसले आइरनको ओभरलोड पनि बढाउँछ जुन धेरै लक्षणका रूपमा देखा पर्छ । यसले मुटु, कलेजो, प्याङ्क्रियाज, थाइराइड र केन्द्रीय स्नायु प्रणालीलाई ठूलो हानि पुर्याउन सक्छ ।
हड्डी दुख्ने र भाँच्चिने
भिटामिन सीको अत्यधिक मात्राले रगतमा प्रोटिनको लेबललाई ट्रिगर गर्न सक्छ । साथै ओस्टियोआर्थराइटिसबाट पीडित व्यक्तिमा फ्र्याक्चरको सम्भावना पनि बढाउँछ ।
पाचनमा समस्या
शरीरमा भिटामिन सीको मात्रा बढी हुँदा पाचन प्रणालीमा समस्या पनि निम्तिन सक्छ । जसकारण अपच, बान्ता, पेट दुख्ने, पेट दुख्ने जस्ता समस्या हुन थाल्छ । यस्तो समस्या भिटामिन सप्लिमेन्ट लिइरहेको व्यक्तिमा भिटामिन सी सप्लिमेन्ट बन्द गरेर यी समस्याबाट राहत पाउन सकिन्छ ।
छाती पोल्ने र टाउको दुख्ने
भिटामिन सीको अत्याधिक सेवनले शरीरमा अम्लीय रस बढ्छ, यसले छाती पोल्ने र टाउको दुख्ने जस्ता समस्या निम्त्याउँछ । यति मात्र होइन, यसले पेटको तह बिग्रिएर समस्या झन् बढ्छ । यस्तो अवस्थामा यसकै कारण लामो समयसम्म रिफ्लक्सको समस्या हुनसक्छ ।