पर्सा । "राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद" भन्ने मुल नाराका साथ पर्सा जिल्लाको सखुव प्रसौनी गाउँपालिका १ नं. वडा सिद्धपुर फुटबल मैदानमा चौथो गोल्ड कप सिद्धपुरको उदघाटन भएको छ ।
श्री बन्शक्ती युवा कल्ब सिद्धपुरको आयोजनामा भएको गोल्ड कप खेलको उदघाटन प्रमुख अतिथि सखुव प्रसौनी गाउँपालिका ६ नं. वडा लखनपुर निवासी नेकपा (माओवादी केन्द्र) पर्साका नेता तथा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.३ (क) का प्रदेश सभा सदस्य प्रत्यासि शिवकुमार साह तेलिले उदघाटन गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथी साहले खेलकुद मनोरञ्जन हुनुका साथ साथै अनुसासित पनि बनाउछन । खेलले हाम्रो जीवन शैलीलाई पनि अगाडी बढाउने काम गर्छ भने खेलले हामिलाई स्वस्थय राखने मदत गर्दछ । खेलको लागि हाम्रो साथ र सहयोग रहनेछ भने स्थानीय स्तरमा वडाले गाउँपालिकाले स्थानीय युवा खेलाडिहरुलाई जागरुकता समय समयमा गराउन मदत गर्नु पर्ने छ । आज खेलकै कारण हाम्रो मधेस प्रदेशलाई देशमा मात्र नभई बिदेशमा पनि चिनाएको छ भने मन्तव्य प्रमुख अतिथि साहले व्यक्त गरेका छ्न ।
उदघाटन पछि खेल निचुटा पर्सा र बकुलिया बारा बिच भएको खेलमा पहिलो हापको खेलामा बकुलिया बाराले पहिलो गोल गरि अग्रता लिएको थियो भने खेलको पहिलै हाफमा निचुटा पर्साले गोल गरि खेललाई बराबरी गरेको थियो भने खेलको दोस्रो हाफको पन्ध्रौं मिनेटमा बकुलिया बाराले दोस्रो गोल गरि एकको विरुद्ध दुई गोल गरि बकुलिया बारा बिजयी भएको छ ।
आठ वटा क्लबको समलगन्तामा हुने खेल एक हप्ता चल्ने छ । खेलको समापन र पुरस्कर वितरण आउदो आईतबार हुने छ । प्रथम हुने टिमलाई सिल्ड, मेडल, प्रमाणपत्र तथा नगद दस हजार र दोस्रो हुने टिमलाई पाच हजार पाच सय वितरण हुने आयोजक टिमले जनाएको छ । भोलिको खेल देकुली पर्सा र बिरगंज पर्सा बिच हुने छ ।
कार्यक्रममा पुर्व गाबिस अध्यक्ष लालदेव महतो उरावको अध्यक्षतामा भएको कार्यक्रममा इप्रका एकटङगा प्रमुख साई योगानन्द साह, शषस्त्र प्रहरी बल बागेश्वरी तित्रवना प्रमुख चयमनारायण महतो, पुर्व वडा सदस्य रामा खा थारु, पारश महतो, शिवनाथ थारु, नेकपा (माओवादी केन्द्र) का प्रदीप चौधरी, हटन चौधरी, बिगा महतो, सिकेन्द्र सहनी, बमबहादुर पन्डित लगायतको सहभागिता रहेको थियो ।
आजको खेलको बेश्ट खेलाडी बकुलिया बाराका जर्सी नम्बर ७ का अजय चौधरी रहेका थिए । उनलाई नगद, शिल्ड, मेडलले कार्यक्रमका प्रमुख अतिथि शिवकुमार साह तेलिले सम्मानित गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य सिद्धपुर बिधालयका प्र.अ. प्रदिप कुमार चौधरी र सहजीकरण नरेश प्रसाद उरावले गरेका थिए ।