हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ । विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन् ।
बुध’ ग्रहको लागि समर्पित बार नै बुधबार हो । यस दिन विशेष गरी विथाल देव (कृष्णको अवतार) को पूजा गरिन्छ । पूजा गर्दा तुलसीको पातले गर्नुपर्दछ। कुनै नयाँ काम थालनीको लागि बुधबार अति नै शुभ मानिन्छ ।
साथै यस दिन कृष्ण भगवानको व्रत बस्नेले आफूले चाहेको फल पाउने विश्वास गरिन्छ । यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ ।
कृष्णको हातमा सधै मुरली वा शंख बोकेको देखाइन्छ । यसबार आज यहाँ चर्चा गर्दै छौं । युद्धको उद्घोष गर्ने बेला उहाँको हातमा शंख देखिन्छ । र, रसिक अवस्थामा चाहि मुरली । कृष्णले युद्धका समयमा शंख बोकेको देखाइन्छ । यो अवस्था भनेको साधक सांसरिक सुखभोगबाट माथि उठिसकेको अवस्था हो ।
आफैभित्रको निराकारबाट ध्वनीहरु गुञ्जन थाल्छ वा त्यसको अनुभूत हुन थाल्छ, बाहिर र भित्रको ध्वनी एकाकार हुँदै जान्छ । यस्तो अवस्थामा भक्ति, संगीत, नृत्य र मनोरञ्जनमय हुन्छ ।
यसलाई मुरलीको धुन सुनिरहेका गोपिनीहरुको रासलिलाको रुपमा चित्रण गरिएको छ ।
बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ ?
- हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ ।
- बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ ।
- बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विभिन्न धार्मिक ग्रन्थहरुमा पाइन्छ।
- जसको कुण्डलीमा बुध ग्रहको दोष छ उसले बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।