सन् २०२४ बलिउडका लागि मात्र नभई दक्षिण भारतीय फिल्मको लागि पनि उत्साहप्रद रह्यो । केही फिल्मबाहेक, सो वर्षका सबै रिलिज बक्सअफिसमा असफल रहे ।
‘पुष्पा २’ले त अहिले पनि बक्सअफिमा उछाल कमाइरहेको छ । जुनियर एनटीआरको ‘देवरा : पार्ट १’ पनि हिट भयो, तर यसले कमाल देखाउन सकेन । उनको अघिल्लो फिल्म ‘आरआरआर’ले भने उत्कृष्ट कमाइ गरेको थियो ।
कमल हसनको ‘इन्डियन २’, महेश बाबुको ‘गुंटुर करम’ र थालापथी विजयको ‘ग्रेटेस्ट अफ अल टाइम’ले खासै राम्रो गर्न सकेनन् । अहिले साउथ फिल्म इन्डस्ट्रीले सन् २०२५ को तयारी गरेको छ । नयाँवर्षमा धेरै ठूला फिल्म आउने तयारीमा छन् । यी फिल्मले बक्स अफिसमा हलचल मच्चाउने अनुमान छ ।
१) कान्तारा : च्याप्टर १
सन् २०२२ मा रिलिज भएको ऋषभ शेट्टीको फिल्म ‘कान्तारा’ले बक्स अफिस उत्कृष्ट कमाइ ग¥यो । त्यसयता फ्यान दोस्रो श्रृंखलाको प्रतीक्षामा छन् । ऋषभ दुई वर्षदेखि ‘कान्तारा २’ अर्थात् ‘कान्तारा ः च्याप्टर १’मा व्यस्त छन् । यो फिल्म २ अक्टोबरमा प्रदर्शन तयारीमा छ ।
२) गेम चेन्जर
‘आरआरआर’जस्ता ब्लकबस्टर फिल्मपछि फ्यान रामचरणको अर्को फिल्म ‘गेम चेन्जर’ को पर्खाइमा छन् । त्यसपछि उनको एकल रिलिज भएको छैन । तर अब ‘गेम चेन्जर’ ले सन् २०२५ मा हलचल मच्चााउने अपेक्षा छ । फिल्ममा रामचरणले राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका छन् । उनको अपोजिटमा कियारा आडवाणी छिन् । यो फिल्म १० जनवरीमा रिलिज हुनेछ ।
३) राजा साहेब
‘बाहुबली’पछि प्रभासले हिट फिल्म दिएका छैनन् । तर २०२४ मा उनले ‘कल्की २८९८ एडी’मार्फत आलोचकलाई मौन तुल्याए । सन् २०२५ मा उनले ‘राजा साहेब’सँग हलचल मच्चाउनेछन् । यो एक डरलाग्दो कमेडी हो, जसमा प्रभास भूत र दानवसँग लड्दै गर्दाको भूमिकामा देखिनेछन् । यो फिल्म १० अप्रिल २०२५ मा रिलिज हुनेछ ।
४) ठग लाइफ
यस फिल्मलाई मणिरत्नमले निर्देशन गर्दैछन् । कमल हासन मुख्य भूमिकामा छन् । यो फिल्ममार्फत दुबैले ३६ वर्षपछि सँगै काम गर्दैछन् । यो एक ग्याङस्टर ड्रामा हो, जसमा हसनले दर्शकलाई पुनः मनोरञ्जन दिनेछन् । सन् २०२४ मा उनको ‘इन्डियन २’ फ्लप भयो तर अब उनी ‘ठग लाइफ’ बाट धमाका गर्न तयार छन् । यो फिल्म ५ जुन २०२५ मा रिलिज हुनेछ ।
५) कुली
रजनीकान्तले सन् २०२५ मा आफ्नो नयाँ फिल्म ‘कुली’ बाट सरप्राइज दिनेछन् । उनी लामो समयदेखि यही फिल्ममा व्यस्त छन् । उनको ‘भेटियाँ’ सन् २०२४ मा रिलिज भएको थियो, जुन औसत थियो । तर, अहिले रजनीकान्तले ‘कुली’का लागि लोकेश कनागराजसँग हात मिलाएका छन् । फिल्ममा नागार्जुन, सत्यराज र श्रुति हसनको पनि अभिनय छ । यो एक एक्सन थ्रिलर हुनेछ र मे १, २०२५ मा रिलिज हुनेछ ।
६. थलपति ६९
थलपति विजयको फ्यान यो फिल्मलाई उत्सुकताका साथ पर्खिरहेका छन् । राजनीतिको दुनियाँमा प्रवेश गरेका अभिनेता विजयको यो अन्तिम फिल्म हुनेछ । सन् २०२४ मा नै उनले फिल्मबाट सन्यास लिएर पूर्णकालीन नेता बन्ने घोषणा गरेका थिए । ‘थलपति ६९’मा पूजा हेगडे र बबी देओल पनि छन् । यो फिल्म अक्टोबरमा रिलिज हुने भएपनि मिति भने घोषणा गरिएको छैन ।
७. विदमुयार्ची
फ्यान पनि अजितको यो फिल्मको पर्खाइमा छन् । अभिनेताको अघिल्लो फिल्म सन् २०२३ मा रिलिज भएको थियो, जसको नाम ‘थुनिभु’ थियो । त्यसयता उनले ‘विदमुयार्ची’मा काम गरिरहेका थिए । यो फिल्म जनवरी २०२५ मा रिलिज हुनेछ । मिति भने अझै भनिएको छैन । फिल्ममा त्रिशा कृष्णन, अर्जुन सरजा र रेजिना क्यासान्ड्राको पनि अभिनय छ ।
८. गुड बाइ अगली
अजितको अर्को फिल्म २०२५ मा रिलिज हुनेछ, जसको नाम गुड ब्याड अग्ली छ । यो जनवरी १०, २०२५ मा रिलिज हुने बताइएको छ ।