बिरगंज । बिरगंज महानगरपालिका तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर द्वारा स्वच्छ एवं हराभरा सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
बिरगंज महानगरपालिका वडा नम्बर ४ स्थित श्री त्रि-जुद्ध महाबीर प्रसाद रघुबीरराम उच्च मा.बि. मा सरसफाई तथा हरियालि सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ।
सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिरगंज महानगरपालिका तथा सामुदायिक प्रहरी सेवा केन्द्र ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।
बिरगंज महानगरपालिका पर्सा तथा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर बिरगंज पर्सा र ग्रीन सिटी सामुदायिक सेबा केन्द्र आदर्शनगर बिरगंज पर्साको संयुक्त आयोजनामा बिद्यार्थी भाइ बहिनीहरूलाई सरसफाई तथा हरियाली सम्बन्धि समाजमा परिवर्तन र विकास ल्याउनु छ भन्ने बालबालिका, किशोर किशोरीहरू देशका भविष्यका जरा नै हुन। बिरगंजलाई अझ हराभरा र सफा सुन्दर बनाउनका लागि सानैदेखि नै सरसफाई र हरियालीको महत्व बुझाउन एवम् यसको बानी बसाल्नका लागि स्कुलमा सरसफाई र हरियालीको महत्व सम्बन्धी जनचेतनामुलक प्रशिक्षण दिईएको थियो।
सो कार्यक्रममा ग्रीन सिटी सामुदायिक सेबा केन्द्रका उपाध्यक्ष संजय शर्मा,त्रिलोक चन्द थारूका ओमान तुलसियान ,चन्द्र अग्रवाल , प्र.ब.ह.बिनोद कुमार.राम, प्र.स.ह.अजिता घिमिरे लगाएतहरु पनि उपस्थित थिए।
सो कार्यक्रम बिरगंज स्थित महानगरपालिका वडा नम्बर ४ श्री त्रि-जुद्ध महाबीर प्रसाद रघुबीरराम उच्च मा.बिधालयमा
भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथिका रूपमा वडा प्रहरी कार्यालय बिर्ताका प्र.ब.ना.नि यमनाथ पनेरु, प्रहरी नायब निरीक्षक स्वपनिल देवकोटा, प्रहरी निरीक्षक संजिव तामाङ, सामुदायिक आँखा अस्पतालका अध्यक्ष महेश सिंह धामी, युवा अभियान्ता दिलिप राज कार्की एवं कार्यक्रमका अन्य सहभागीहरूमा ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका सदस्य त्रिलोक चन्द दारुका, पत्रकार अजित कुमार भुजेल पनि रहेका थिए।
एवम् सरसफाई महाशाखाका सर्फुदिन मिया लगाएतकाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। त्रि-जुद्ध महाबीर प्रसाद रघुबीरराम उच्च मा.बिधालका विद्यार्थी भाईबहिनीहरुलाई सरसफाई तथा बोट बिरुवा बारेमा प्रशिक्षण समेत दिईएको थियोे र साथै विभिन्न प्रजातिका बोट बिरुवाहरु रोपिएको थियोे।
अध्यक्ष जयप्रकाश खेतान एवम् आदर्शनगरमा स्थित ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारी तथा आजिवन सदस्यहरुको सहभागीता रहेको थियोे। कार्यक्रममा
त्रि-जुद्ध महाबीर प्रसाद रघुबीरराम उच्च मा.बिधालयका विद्यार्थीहरु,शिक्षक शिक्षिकाहरु ,सुरक्षा निकाय , समाज सेवी, नागरिक समाज, संचारकर्मीहरु एवं यस केन्द्रका पदाधिकारीहरु लगायतकाहरुको उल्लेखनीय उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो।