काठमाडौं । ‘चुरोट पिउनु हानिकारक छ’ यो सबैलाई थाहा छ । तैपनि चुरोट पिएर जीवनको किम्ती समय घटाउनलाई मरिहत्ते गर्छन्, अधिकांश मानिस ।
हालै लण्डनको विश्वविद्यालयका विज्ञहरुले एउटा चुरोट मात्र पिउँदा जीवनको २० मिनेट आयु कम हुने दाबी गरेका छन् ।
सो दाबीले के स्पष्ट बुझ्न सकिन्छ भने चुरोटले व्यक्तिलाई मृत्युको मुखमा तीव्र गतिमा धकेलिरहेको छ ।
के भन्छ अध्ययन ?
पछिल्लो समय भएको अध्ययनले महिलाले एउटा चुरोटको सर्को लिए वापत २२ मिनेट र पुरुषले १७ मिनेट आयु घट्ने उल्लेख गरेको छ । २० वटा चुरोटको खिल्ली भएको एक प्याकेटले जीवनको सात घण्टा कम गर्न सक्छ ।
वाइली अनलाइन लाइब्रेरीमा ‘द प्राइस अफ सिगरेटः टवान्टी मिनेट्स अफ लाइफ ?’ मा प्रकाशित सो अध्ययनको निष्कर्ष साझा गरेको हो । सो अध्ययन ब्रिटिशका चिकित्सकहरुले गरेका हुन् ।
अध्ययनकर्ता डा. सारा ज्याक्सन एक अन्तरर्वातामा भन्छिन्, ‘छिटोभन्दा छिटो मृत्युको सवारीबाट उत्रिन आवश्यक छ । जति चुरोटबाट टाढा रहयो, त्यति जीवनलाई बचाउन सकिन्छ । यसले पुर्याउने हानिबाट जोगिन्छ।’
चुरोट छाड्न कहिल्यैं ढिला नहुने भन्दै २०२५को रिजोलुसनमा चुरोट छोड्न प्रतिज्ञा गर्न समेत सम्पूर्ण अध्ययनकर्ताहरुले आग्रह गरेका छन् ।
हुन्छ । यो क्रमलाई पनि चुरोटले ट्रिगर गरेकै कारण क्षति पुग्ने डा. थापा बताउँछन् ।
‘जोखिम शून्यदरमा कम हुँदैन’
डा. थापाका अनुसार पाँच वर्ष भन्दा बढी जति लामो समय भयो त्यति फोक्सो बिग्रने जोखिम कम हुन्छ । बिग्रिएको अवस्था क्रमिक रुपमा सुधार हुँदै जान्छ । तर त्यो जोखिम शून्यले भने कम हुँदैन ।
तर ४० वर्ष अगाडि नै चुरोटको लत चटक्कै छोड्दा शून्यको आसपासमै जोखिम कम हुनसक्ने उनको भनाइ छ ।
क्यान्सर लागे पछि चुरोट छोड्दा फाइदा पुग्छ
क्यान्सर रोग विशेषज्ञ डा. समीम अख्तरका अनुसार क्यान्सर लागिसकेपछि चुरोट छोड्दा पनि शरीरमा फाइदा पुग्छ ।
उनी भन्छन्, ‘कतिपय व्यक्ति क्यान्सर भए पछि सबै सकियो, चुरोट खाँदा केही हुँदैन भनेर मनलाग्दी खाने गर्छन । जुन गलत हो । क्यान्सर भएकाले चुरोट छाडेमा औषधिले प्रभावकारी ढङ्गले काम गर्ने, दोस्रो क्यान्सर हुने जोखिम कम हुने र फैलिने जोखिम कम हुन्छ ।’
विज्ञानले भन्छ, एउटा मानिसले चुरोट सेवन त्यागेको २० मिनेटमा रक्तचाप नर्मल हुन्छ । तीन दिनमा सास फेर्न सजिलो अनुभव गर्न सक्छ भने एक वर्षमा हृदयघात हुने सम्भावनालाई ५० प्रतिशत कम हुन्छ ।
चुरोट छाडेको पाँच वर्षमा प्यारालाइसिस हुने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ भने १५ वर्षमा हृदयघात हुन सक्ने सम्भावना चुरोट नखाने मानिसको बराबर हुन्छ ।
एउटा चुरोटले २० मिनेटको जीवन घटाउने तथ्यले मानिसहरूलाई यसका असरबारे सचेत गराउन सक्छ । तर, यसलाई व्यवहारमा लागू गर्न प्रत्येक व्यक्ति जागरूक बन्नुपर्ने आवश्यकता छ।
धूम्रपान छाड्न विभिन्न परामर्श सेवा, निकोटिन रिप्लेसमेन्ट थेरापी, र चिकित्सकीय सहयोग लिन सकिन्छ ।