विश्रामपुर । बारा बिश्रामपुर गाउँपालिका वडा न.५ नेशनल मेडिकल छेउमा रहेको ईटियाही गाउँमा हुन गईरहेको श्री शिवशक्ति कोटी होम महायज्ञ बारे गाउपालिका स्तरीय सल्लाह सुझाव तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको मुख्य अतिथि बिश्रामपुर गाउँपालिका मेयर जुल्फकार अलि भुट्टो (जुबेर भाइ )ले आफनो विचारधारा राख्दै यो यज्ञ हामी सबैको भएकोले निर्वाचित सबै जनप्रतिनिधिहरुले एक आपसमा हाथोमालो गरी गाउँपालिका स्तरबाट जे जसरी सहयोग गर्नुपर्ने हामी मिलेर गर्ने सल्लाह सुझाव तथा आश्वाशन दिए ।
यज्ञ मूल समितिका अध्यक्ष शंकर प्रसादको अध्यक्षतामा भएको सो कार्यक्रममा अतिथिको रुपमा गाउँपालिका प्रत्यासी मदन यादव , धर्मदेव यादव , वडा अध्यक्षहरु सन्तोष पटेल , मनोज यादव, अमिरिलाल प्रसाद गुप्ता,
मूल समितिका उपाध्यक्ष डाेमाई साह सोनार,कपिल देव साह सोनार,कोषाध्यक्ष भोला साह सोनार एवम् प्रचार प्रसार समितिका संयोजक राज सर्राफको उपस्थिति रहेको थियो ।
यस श्री शिवशक्ति कोटी होम महायज्ञ बारे गाउपालिका स्तरीय सल्लाह सुझाव संकलनमा वडा अध्यक्षहरुको भनाई अनुसार
मधेश प्रदेशमै यस्तो ठुलो महायज्ञ हुने भएकोले सबैले आ- आफनो स्तरबाट यस पुनित कार्यमा तन मन धनले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
यो महायज्ञमा १ हजार ११ पिस मुर्तिहरु बनाईने छ भने यो महायज्ञ सुरुवात माघ २३ गते मंगलबार देखि बिधिवत रुपले संचालित हुने छ । यो महायज्ञ १ महिना सम्म चल्ने छ । महायज्ञमा बच्चाहरुकोलाई विभिन्न मनोरञ्जनका जस्तै टावर झुला,मौतका कुवा, सर्कस,नाव झुला, डैनसिग झुला इत्यादि मनोरञ्जनका ब्यवस्थापन गरिएको छ भने बृन्दावनबाट आउने महायज्ञ स्थलमा राम लिला ,रास लिला आदि कार्यक्रमहरु पनि गराईने आयोजकहरुले बताएका थिए ।
यस महायज्ञमा धेरै भन्दा धेरै भक्तजनहरु सहभागी भई सहयोग गरौं र पुण्यको भागी बनौं भनेर आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह समेर गरेका थिए। उक्त कार्यक्रममा गाउँका बुद्धिजीवी,नागरिक समाज,अगुवा कार्यकर्ता एवम् पदाधिकारीहरु तथा सन्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । आजको उक्त कार्यक्रम सञ्चालन दिपेन्द्र सर्राफले गरेका थिए।