बिरगंज । बिरगंज कपडा बैंकले आज बिरगंजको शान्तिटोलमा नि:शुल्क कपड़ा वितरण गरेको छ। प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय बिरगंज -८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले शुक्रबार वीरगन्ज महानगरको वडा १ र २ मा अवस्थित शान्तिटोलमा नया पुराना गरि करिब ५५० थान कपड़ा वितरण गरिएको सचिव कन्हैया पटेलले बताए ।
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी बैंकका संरक्षक वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि ,सल्लाहकारद्वय अधिवक्ता प्रकाश उपाध्याय,ओम प्रकाश सराफ, वीरगन्ज महानगर वडा २ का वडा सदस्यहरु संगीता भुजेल ,रम्भा देवि,बसिर मिया , वडा १ का वडासदस्य रमावती देवि ,सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण रायमाझी,सामुदायिक प्रहरी छपकैयाका असई बृज भूषण पाण्डे ,हवल्दार अभय प्रसान्त झा ,नेपाली समाज छपकैया का सहसचिव पत्रकार अजित भुजेल , समाजसेवीहरु राजेन्द्र भट्टराई ,बृज किशोर प्रसाद कलवार पारस पासवान एवं बैंकका सदस्यहरु निला कुमारी राम, नवराज भट्टराई , अभिलाष गुप्ता र कर्मचारी शोभा देवि लगायत को सहभागिता रहेका थिए ।
सो अवसरमा प्रमुख अतिथि अधिवक्ता कुर्मिले दिन दुखी असहाय को सेवा सहयोग गर्ने उद्देश्य बोकि " जो संग धेरै कपडा छ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले निशुल्क लिएर जानुस " को मुल मन्त्रलाई आत्मसात गरेर बिगत ६ बर्ष देखि प्रत्येक दिन कार्यालयबाट र प्रत्येक महिना घण्टाघर लगायत आगलागी बाढी जस्ता बिपत्तिमा पिडितहरु लाई उनिहरुकै घर आगनमै पुगेर लत्ताकपडा को साथै अन्य सहयोग पुर्याएर सेवा गर्दै आइरहेको छ । हामी सम्पुर्णले आआफ्नो आम्दानिको ५ देखि १०% रकम समाजिक सेवामा दिन दुखी असहायको सेवा सहयोगमा खर्चिनु पर्ने बानी बसाल्न आग्रह गर्नु हुँदै वीरगन्ज कपडा बैंकको नेक कार्यलाइ सहयोग गर्ने सम्पुर्ण दाताहरु सुभेच्छुकहरु, सन्चारकर्मिहरु , संस्थाका सल्लाहकारहरु ,पदाधिकारी सदस्यहरु लाई हार्दिक आभार प्रकट गर्नु भएको थियो ।
सो अवसरमा अध्यक्ष सिंहले बढदो जाडोले गर्दा गरिब असहायको जीवन कष्टकर हुँदै जाने भएकोले हामी संग धेरै छ भने आफनो आसपासका दिन दुखी असहाय को सेवा गर्न आग्रह गर्दै वीरगन्ज कपडा बैंक मार्फत सेवा सहयोग गर्ने मानवताप्रेमी सम्पुर्ण दाताहरुलाइ हार्दिक आभार व्यक्त गर्दै आजको निशुल्क कपडा वितरण कार्यक्रममा सहयोगि हातहरुलाइ धन्यवाद दियेका थिए ।