वीरगंज । मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जायसवालले आईतबार पत्रकार सम्मेलनको आयोजना गरी आफु बिरूद्ध विभिन्न सञ्चारमाध्यममा भ्रामक समाचार लेखि मानमर्दन गरेको आरोप लगाउनु भएको छ ।
उन्ले प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो गाउँपालिकामा आउँदा आफ्ना समर्थक सहयोगी र सखुवाप्रसौनी गाउँपालिकाको पुर्व अध्यक्ष प्रदीप जायसवाल लगायत हजारौँ कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेको देखेर बिरोधीहरु आतिएर दुष्प्रचारमा उत्रिएको बताउँदै आफू बिरूद्ध लागेको सम्पूर्ण मुद्दामा सम्मानीत पर्सा जिल्ला अदालत र उच्च अदालत जनकपुरबाट सफाई पाईसकेको बताउनु भयो ।
आफूसहित १४ जना विरुद्ध दर्ता भएको मुद्दा २१ महिना अगाडि नै म लगायत ८ जनालाई सम्मानित जिल्ला अदालत पर्सा र उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जले सफाई दिएको मुद्दामा मेरो नाम जोडी मलाई बद्नाम गर्ने कार्य गरिएको बताए ।
पत्रकार सम्मेलनमा मन्त्री जैसवालले जिल्ला अदालत र उच्च अदालतबाट आफू सफाई पाएको प्रमाण समेत सार्वजनिक गरेका थिए साथै मलाई बद्नाम गराउने जोकोई भएपनि आफू नछाड्ने समेत बताउनु भयो थियो ।
मन्त्री जयसवालले पत्रकार सम्मेलनमा स्पष्ट पारे कि यस प्रकारका गलत र भ्रामक समाचारले समाजमा नकारात्मक प्रभाव पारेको छ। “पत्रकारिता पेशामा सत्यता, निष्पक्षता र जिम्मेवारी महत्वपूर्ण हो। तर, यस्तो गलत समाचार बनाउनु पत्रकारिताको मर्यादा विपरीत हो,” उनले भने।
उनले कानुनी बाटोबाट सत्य तथ्य बाहिर ल्याउन आफू प्रतिबद्ध रहेको जनाउँदै सबै पक्षलाई यथार्थ बुझ्न आग्रह गरे। साथै, उनले पत्रकारिता पेशालाई मर्यादित र जिम्मेवार बनाउन मिडिया क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि स्पष्ट पारे।
मन्त्री जयसवालले समाचार लेख्ने पत्रकार अन्य कुनै व्यक्तिको प्रभावमा आएको दाबी गर्दै सो व्यक्तिले पत्रकारलाई अधुरो जानकारी मात्र दिएको आरोप पनि लगाए । उनले यस्ता समाचार प्रकाशित गर्नुअघि पूरा सत्य जानकारी लिन पत्रकारहरूसँग आग्रह पनि गरे ।
मन्त्री जयसवालले सबै घटनालाई राजनीतिक षड्यन्त्रको हिस्सा भएको बताउँदै अदालतको आदेशलाई प्रमाण मान्न आग्रह गर्दै आफ्नो व्यक्तिगत छवि र पदीय मर्यादामा आँच पुर्याउने कुनै पनि भ्रम सिर्जनाप्रति गम्भीर असन्तोष व्यक्त गरे ।
मन्त्री जैसवालले सफाई पाएको मुद्दाको प्रमाणित प्रतिलिपि हेर्नुहोस् ।