वीरगञ्ज । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) को प्रथम जिल्ला स्तरीय भेला आइतबार वीरगञ्जमा सम्पन्न भएको छ।
भेलाले सुषमा शर्माको संयोजकत्वमा ११ सदस्यीय पर्सा जिल्ला तदर्थ समिति गठन गरेको छ ।
समितिका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सन्तोष खनाल रहेका छन् भने सदस्यहरूमा कृष्ण यादव, मुकेश यादव, ग्यासु मिया देवान, नितेश कुमार कर्ण, अनिल साह रौनियार, ललन पटेल, अनिल यादव, र विजय प्रताप सिंह चयन भएको नेकपा एमाले पर्साका जिल्ला सचिव महेश दासले जानकारी दिए ।
राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेकपा (एमाले) को जनसङ्गठनको रूपमा सक्रिय रहेको छ ।
नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर कुमार शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा नेकपा (एमाले) राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चका केन्द्रीय सदस्य कृष्ण लामा, र प्रदेश सदस्य अनिल तिवारीले मन्तव्य व्यक्त गरेका थिए ।
भेलाले पर्सा जिल्लामा मानव अधिकार संरक्षण र सामाजिक न्यायका मुद्दालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।