बिरगंज । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिका सभापति तथा एमाले सांसद सूर्य थापाले रास्वपा सभापति रवि लामिछानेको रिहाइमा खुसियाली बनाउनुपर्ने कारण नहरेको टिप्पणी गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत व्यङ्ग्यात्मक शैलीमा ६५ लाख धरौटीमा रिहा हुँदा सफाइ पाएको भन्दै उनले चचहुई गर्नुपर्नेको औचित्य नरहेको टिप्पणी गरेका हुन् ।
थापाले काठमाडौं, बुटवल ,चितवन र वीरगन्ज सुनुवाइ बाँकी रहेकोले खुसियाली मनाउन हतार नगर्न पनि उल्लेख गरेका छन् ।
अदालतको आदेशअनुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर लामिछाने कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनीसँगै उक्त मुद्दाका ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका छन् ।
लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरुङलाई ५ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई ५ लाख र कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रतिवादी लीला पछाईँले भने आज धरौटी रकम बुझाउन