बिरगंज । वीरगन्ज कपडा बैंक तथा अमर चौक टोल सुधार समितीले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि वीरगन्जको रेल्वेरोड अमरचौकमा निशुल्क कपडा वितरण गरेको छ । सो अवसरमा नया पुराना गरि ६५० थान कपडा वितरण गरिएको वीरगन्ज कपडा बैंक का सदस्य एवं अमर चौक टोल सुधार समितिका सचिव नवराज भट्टराईले बताउनु भयो ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह र अमर चौक टोल सुधार समितीका अध्यक्ष संजय पटेलको संयुक्त अध्यक्षतामा तथा वीरगन्ज कपडा बैंकको संरक्षक अधिवक्ता सुरेन्द्र कुर्मिको प्रमुख आतिथ्य एवं वीरगन्ज वडा ४ का सदस्य जुलुम खडगिको बिशिस्ट आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु बैंकका सल्लाहकारहरु अधिवक्ता पन्नालाल गुप्ता, समाजसेवी हुकुम सिंह राजपुत ,वीरगन्ज कपडा बैंकका निवर्तमान अध्यक्ष रम्भा मिश्रा,उपाध्यक्ष प्रकाश थारु,सचिव कन्हैया पटेल,कोषाध्यक्ष मनोज मिश्रा,सदस्यहरु हरेन्द्र कुर्मी,निला कुमारी राम,अभिलाष कुमार गुप्ता,केदार गुप्ता,राहुल सिंह राजपुत,अजय कुमार यादव,अमर टोल सुधार समितिका उपाध्यक्ष अजय यादव,कोषाध्यक्ष सदस्यहरु राजेश श्रेष्ठ , सुमन राना, विशाल साह तुराहा ,पत्रकार अजित भुजेल लगायत स्थानिय अग्रज ,महिला ,युवाहरुको बाक्लो सहभागिता रहेको थियो । सो अवसरमा प्रमुख अतिथी कुर्मिले दिन दुखी असहायको सेवा नै मानिसको सबैभन्दा ठूलो धर्म भएकोले हामी सबै मिलि समाजसेवा कार्यमा हातेमालो गर्नु पर्दछ र यो कार्यमा वीरगन्ज कपडा बैंक विगत लामो समय देखि सेवा प्रदान गरिआएकोमा आफुलाइ गर्व लाग्ने गर्दछ ब्ताउदै अमर चौक टोल सुधार समितीले पनि आफ्नो सुरुवात देखि नै नेक कार्य गरेकोमा आफू निकै खुशी लागेको बताउदै उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
सो अवसरमा बैंकका सल्लाहकार अधिवक्ता गुप्ताले सेवा नै धर्म हो र त्यसमा पनि दिन दुखी असहायको सेवा प्राथमिकतामा राखी हामि सधै विभिन्न स्थानहरुमा पुगेर सेवा सहयोग गरिरहेको बताउनु भयो ।
वीरगन्ज कपडा बैंकका अध्यक्ष सिंह ले तपाईं संग धेरै छ भने हामिलाइ दिनुस र तपाईलाई आवश्यक छ भने हामी संग निशुल्क लियेर जानुसको मुल मन्त्रलाइ आत्मसात गरि विगत ६ वर्ष देखि सेवारत छौ यसको लागि सम्पूर्ण सहयोगी दाता हरुले प्रदान गर्नु भएको कपडा प्रत्येक दिन कार्यालयबाट र आपत विपतको समयमा पिडामा रहेकाहरुको निवास स्थान मै पुगेर सहयोग उपलबध गराउदै आएको भन्दै सहयोगी सम्पुर्ण दाता , शुभेच्छुक , सन्चारकर्मी ,सल्लाहकार ,पदाधिकारी सदस्य एवं सहभागीलाई धन्यवाद ब्यक्त गरेका थिए ।
सो निशुल्क कपडा वितरण कार्यक्रममा स्वागत मन्तव्य अमर चौक टोल सुधार समितीका सल्लाहकार जुलुम खडगीले गरेका थिए भने सहजीकरण वीरगन्ज कपडा बैंकका सचिव कन्हैया पटेलले गर्नु भएको थियो ।