बिरगंज । पर्साकाे पाेखरिया नगरपालिकाकाे ८ ओैं नगरसभाकाे विशेष नगरसभा शुक्रबार सम्पन्न भएको छ।
नगरसभालाई सम्बाेधन गर्दै मेयर प्रदुमन चाैहानले नगरसभामा जनप्रतिनिधिले दिएका सुझावलाई समेटेर सबैकाे साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।चौहानले समुन्नत र समृद्ध नगर बनाउनका लागि थप याेजना र कार्यक्रमहरु ल्याउने बताए ।नगरपालिकाकाे सेवालाई अझ पारदर्शी र चुस्त बनाउन आँफुले कुनै कसर बाँकी नराख्ने भन्दै उनले थप बजेटका लागि संघ र प्रदेश सरकारसंग पहल गरिरहेको बताए ।
स्थानीय सरकारकै निरन्तर पहल र प्रयासले पाेखरिया अस्पताल प्रादेशीक अस्पतामा स्तराेन्नत्ती भएको भन्दै उनले पाेखरियामा अब छिट्टै मालपोत र नापी कार्यालयको उदघाटन हुने बताए।
त्यसबाहेक पाेखरियामा ईलाका प्रशासन कार्यालय,भूमी सुधारकाे शाखा कार्यालयपनि स्थापना गराउनका लागि आफू लागिपर्ने मेयर चाैहानले बताए।
मेयर चाैहानकै अध्यक्षतामा भएको नगरसभामा उपाध्यक्ष रुबी ठाकुर, १० वटै वडाका वडाध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत अजय कुमार श्रीवास्तव, प्रशासन शाखा प्रमुख सन्जय कुमार पाण्डे ,लेखा शाखा प्रमुख मन्दीप महतो ,जिन्सी शाखा प्रमुख मनोज साह,रोजगार साखा प्रमुख विजय साह,सामाजिक शाखा प्रमुख बाल्मिकि रौनियार लगायतकाकाे सहभागिता रहेकाे थियाे।