कन्हैया पटेल / बिरगंज । नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको ३० औं उप शाखा सभाको अधिवेशन सम्पन्न गरेको छ। उक्त कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदिप कुमार चौरसियाको आतिथ्यमा सम्पन्न भएको हो भने बिशिस्ट अतिथिमा नेपाल रेडक्रस सोसाइटी बिरगंज शाखाका कोषाध्यक्ष तथा निर्वाचन अधिकृत महन्त यादव,मन्त्री साबिर अहमद ,बिरगंज वडा नम्बर ६ वडा अध्यक्ष जय प्रकाश शाह,अर्बिन्द सिंह,समाजसेवी प्रकाश उपाध्यया,नरेन्द्र साह,हुकुम सिंह,जुलुम सिंह लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
कार्यक्रमको औपचारिकरुपमा दिप प्रजवल गरी उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा शुभकामना मन्तव्य रेशमकोठी उपशाखाका डा.जितेन्द्र आस्वानीले गरेका थिए।
कार्यक्रम उपशाखाका सभापति श्री नारायण यादवको सभापतित्वमा सम्पन्न भएको हो। बिरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष एवम् प्रमुख अतिथि प्रदिप चौरसियाका भनाई अनुसार मानव सेवामा समर्पित रेडक्रसले विपद्को समयमा विशेष सहयोग गर्दै आएको उल्लेख गरेका थिए।
नेपाल रेडक्रस सोसाईटी,रेशमकोठी उप-शाखा, पर्साको ३०औं वार्षिक अधिवेशनको सभा सम्पन्न हुन गईरहेकोमा उक्त सभाको सफलताको हार्दिक शुभकामना व्यक्त गरेका थिए। उनले थपे यस अधिवेशनले उप-शाखालाई थप व्यवस्थित गर्दै उप-शाखाले विगत देखि नै गर्दै आईरहेको रेडक्रस सम्बन्धि विभिन्न गतिविधिहरुलाई अझ प्रभावकारी ढंगबाट सञ्चालन एवं सम्पादन गर्ने कुरामा बिश्वास ब्यक्त गरे साथै अधिवेशनबाट सक्षम एवं सबल नेतृत्वको चयन हुने एवम् नेपाल रेडक्रस सोसाईटी, पर्सा शाखाको रेडक्रस अभियानमा सदैव अग्रणी भूमिका रहदै आएकोले आगामी दिनहरुमा पनि जिल्ला स्तरवाट समय-समयमा सञ्चालन गरिने स्वास्थ्य सिविर, विपदका घट्ना, प्राथामिक उपचार शिविर, जुनियर युवा रेडक्रसका गतिविधि हुँदै रहोस भन्ने कामना समेत गरेका थिए।
अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेको छ ।नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको ३० औं उप शाखा सभाको अधिवेशन बाट सभापतिमा जितेन्द्र आस्वानी,महिला उप सभापति सरिता यादव,सचिव लालबाबू सिंह,कोषाध्यक्ष नवनित अग्रवाल,स-कोषा अध्यक्ष श्रवण रायमाझी,स-सचिव अभिलाष कुमार गुप्ता,महिला सदस्य मुना खनाल लगाएतकाहरु नयाँ कार्यसमिति गठन गरि कार्यसमितिमा निर्बिरोध चयन भएको छ। उक्त अधिवेशनमा उपशाखाका आजिवन सदस्यहरु,पदाधिकारीहरुको उल्लेखनीय उपस्थितिमा कार्यक्रम समपन्न भएको छ ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि महन्त यादवले रेडक्रसले विशुद्ध रूपमा मानव सेवामा योगदान पुर्याउँदै आएको बताए । उनले विपद्को समयमा रेडक्रसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै विभिन्न किसिमका सहयोग प्रदान गर्दै पनि स्मरण गराए ।
कार्यक्रमले उपशाखाको सेवा र योगदानलाई अझ प्रभावकारी बनाउनका लागि नयाँ कार्यसमितिले भूमिका खेल्ने अपेक्षा गरिएको छ । आजको कार्यक्रम संचालन सचीव लालबाबू सिंहले गरेका थिए।