बिरगंज । शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल स्मृति प्रतिष्ठान पर्साको आजको बैठकबाट विभिन्न विषय मा निर्णय गरेको छ। प्रतिष्ठानका अध्यक्ष मुना खनाल को अध्यक्षतामा बसेको बैठकले खनालको स्मृति दिवस यहि माघ ४ गते को दिन मानवसेवा आश्रममा खाना खुवाउने, हालै पत्रकार महासंघ पर्सामा निर्वाचित सबै सदस्य लाई सम्मान गर्ने,रक्तदान कार्यक्रम गर्ने र स्वास्थ्य शिविर को आयोजना गर्ने निर्णयहरु गरेको सचिव लालबाबु सिंह ले बताए ।
आज बसेको बैठकमा उपाध्यक्ष युवराज खडका , सचिव लालबाबु सिंह, कोषाध्यक्ष बिना आचार्य, वरिष्ठ सल्लाहकार प्रकाश कुमार उपाध्याय,सल्लाहकारद्वय प्राध्यानाध्यापकद्वय प्रभु रौनियार,जय कुमार दनुवार, सदस्यहरू शान्ति माली,नवराज भट्टराई, श्रवण रायमाझी,नेहा मिश्रा,अभिलास गुप्ता,पवन श्रेष्ठ ,सुभास भट्टराईको उपस्थिती रहेको थियो।
सो अवसरमा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार उपाध्यायले शैक्षिक सहिद मुकुन्द प्रसाद खनालले आफ्नो कर्मभुमी वीरगन्जआइ बनाउदै ठाकुरराम क्याम्पसमा अध्यापन गराउदै असंख्य बिद्यार्थीहरु लाई शिक्षा को ज्योती फैलाउदै समाजिक सेवाको दिप प्रज्जवलित गर्दै गर्दा असमयमै हामिबाट टाढा जानू भएकोले उहाले सोचेका र बाकी रहेका सपनाहरु चाहे त्यो शिक्षा क्षेत्रको साथै स्वास्थ्य लगायत समाजिक सेवाको गुणस्तरीय सेवा सहयोग प्रदान गर्ने प्रतिष्ठानले जमर्को गरेको र विभिन्न समयमा दिन दुखी असहस्यको सेवा सहयोगमा सेवारत रहेको र आगामी दिनमा पनि सबैको साथ सहयोगमा अझ बढी सेवा जारी रहने बताउदै सम्पुर्णलाई हातेमालो गर्न हार्दिक आग्रह गर्नु भएको छ ।
सो अवसरमा अध्यक्ष खनालले सम्पूर्ण सहभागीहरू लाई धन्यवाद दिदै भविष्यमा थप प्रभावकारी सामाजिक कार्यहरू गर्दै प्रतिष्ठानलाई सकृय रूपमा अगाडि बढाउने प्रतिवद्धता गर्नु भयो।