बिरगंज। झापाको शिवसताक्षी नगरपालिका १ स्थित धरमपुरमा सवारी दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका छन् ।
बुधबार बिहान ६ः३० बजेतिर काँकडभिट्टाबाट धरानतर्फ आउँदै गरेको मे १ ख २५४५ नम्बरको यात्रुवाहक बस धरमपुरमा दुर्घटना परेको हो ।
नागरिक यातायातको यात्रुवाहक बस अनियन्त्रित भई बस सडकबाट तल खसेर पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायब निरीक्षक अर्जुन सोडारीले जानकारी दिए ।
दुर्घटनामा परी बसमा सवार ११ विराटनगर–३ का ५४ वर्षीय गुणा कोइराला, ३४ वर्षीया दीपा निरौला, १७ वर्षीया म्यारी निरौला, ३८ वर्षीया निर्मला निरौला, ५९ वर्षीया शर्मिला कोइराला घाइते भएका हुन् ।
यसैगरी, झापा शिवसताक्षी –८ का ३२ वर्षीय टंक शिवाकोटी, ३० वर्षीया आन्सा फियादेन, २१ वर्षीया सुमना लिम्बू, बिर्तामोड नगरपालिका–६ का ५१ वर्षीय पुष्पलाल अधिकारी, ४९ वर्षीया चन्द्रकला अधिकारी र कमल गाउँपालिका–६ का ४० वर्षीय शान्तिराम खतिवडा पनि घाइते भएका छन् ।
घाइते सबैको अवस्था सामान्य रहेको र उनीहरूको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
बस चालक मेचीनगर –१० धुलाबारीका ५४ वर्षीय टीका मेचेलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।