वीरगञ्ज । पर्सा जिल्लाको नेपाल घरेलु तथा साना उद्योग महासंघको अधिवेशनबाट हिरालाल साह कानु तेस्रो पटक अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। बुधबार ठोरी गाउँपालिकामा सम्पन्न एकदिने अधिवेशनले साह कानुको नेतृत्वमा १० सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।
अध्यक्ष हिरालाल साह कानुको नेतृत्वमा चयन गरिएको समितिमा वरिष्ठ उपाध्यक्षमा लक्ष्मण प्रसाद साह, उपाध्यक्षमा यसोदा गजुरेल, महासचिवमा मदिरा राउत, कोषाध्यक्षमा राम नगिना साह कानु, र सहसचिवमा घनश्याम नायक रहेका छन्। समितिका अन्य सदस्यहरूमा हरि पराजुली, रबिन्द्र सिंह, पार्वति शर्मा, र संतोशी खतिवडा रहेका छन्।
महिला उद्यमी समितिको अधिवेशनले पनि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा राधा हमाल चयन भएकी छन् भने उपाध्यक्षमा ओम कुमारी, सचिवमा पिंकी गुप्ता, र कोषाध्यक्षमा आरती गुप्ता निर्वाचित भएका छन्। समितिका अन्य सदस्यहरूमा सुनिता मानन्धर, राधिका खवास, भावना गुप्ता, कलावती न्योपाने, र अनिता बसौला रहेका छन्।
नवनिर्वाचित अध्यक्ष हिरालाल साह कानुले आफ्नो कार्यकालमा घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा थप योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। अधिवेशनमा सहभागीहरूले पनि नयाँ नेतृत्वले पर्सा जिल्लाको घरेलु तथा साना उद्योगलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन्।
यो अधिवेशनले पर्सा जिल्लामा घरेलु तथा साना उद्योगको विकासलाई थप गतिशील बनाउने अपेक्षा गरिएको छ। नयाँ नेतृत्व र समितिले उद्योग क्षेत्रका चुनौतीहरू समाधान गर्दै स्थानीय उद्यमीहरूलाई प्रोत्साहन गर्ने दिशामा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।