रौतहट। बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीप यादवले प्रभु साहलाई १३ करोड रुपैयाको हिसाब दिन चुनाैति दिएका छन ।
बाैधिमाई नगरपालिका वडा नम्बर ६ स्थित शारदा माध्यमिक विधालयमा १२ कोठे भवनको शिलान्यास गर्न आयोजित समारोहमा बाोल्दै जनयुद्व प्रतिष्ठान को नाममा विभिन्न पालिकासंग लिएको १३ करोड रुपैयाको हिसाब दिन अध्यक्ष साहलाई चुनाैति दिएका छन । प्रतिष्ठानको नाममा साहले नीतिगत रुपमा भ्रष्टाचार बढाएको नगरप्रमुख यादबले आरोप लगाएका छन ।सासद साहका अपराधिक तथा भ्रष्टाचारी प्रवृतिका कारण रौतहट क्षेत्र नम्वर ३ अहिले आक्रान्त बनेको गम्भीर आरोप लगाएका छन ।
आजपा अध्यक्ष एवं त्यस क्षेत्रका सांसद समेत रहनुभएका प्रभु साह माथि गम्भीर आरोप लगाउदै नगरप्रमुख यादवले भने मलाई मृत्युबाट डर लाग्दैनन । सांसद साहले भ्रष्टाचार एवं अपराधिक साम्राज्य खडा गर्दै गएका हुन् ।
नगरप्रमुख यादवले विकास निर्माणको कार्य गर्ने क्रममा सार्वजनिक बाटो अतिक्रम गरेर बनाइएका भौतिक संरचनालाई हटाउन पटक पटक सूचना जारी गर्दै माइकिंग लगायतको प्रक्रियाहरु अपनाउदा समेत वडा नम्वर ८ मा नाला निर्माण गर्न ठेक्का बन्दोबस्त गरेपनि निर्माण कार्यमा अवरोध पुर्याउदा समेत नमान्दा स्थानीय सरकार संचालन ऐन २०७४ को ४५–३ मा दिएको ऐन अधिकार प्रयोग गरेर अघि बढ्दा राष्ट्रसेवक कर्मचारी एवं जनप्रतिनिधि माथि साँघातिक आक्रमण गराइयो ।
बौधीमाइ नगरपालिकाद्धारा दिएको अपराधिक उपद्रव मुद्दामा पक्राउ परेका प्रतिबादी मध्येका गंगाराम बैठालाई प्रहरीले पक्राउ गरेर पुर्पक्षका लागि थुनछेकको आदेश अदालतले दिए । अदालतबाट म बाहिरिने क्रममा बौधीमाई नपा ८ निवासी, मेयर प्रत्यासी एवं आम जनता पार्टीका महासचिव अमर भन्ने त्रिभुवन साहले मलाई गोली मार्ने धम्की दिएको कुरा नगर प्रमुख यादव सयकडाै जनता बिच बोलेका छन ।
बंकुल बजार जसकी तस नै छन्, यहाँ कुनै विकास छैनन्, त्रिभुवनजीको घर सम्म जाने समुचित रुपमा बाटो छैनन् तर बाहिर गएर ठूला ठूला गफ दिने गर्दा आजपा जस्ता पार्टीको अध्यक्ष भएर दिनरात नीतिगत भ्रष्टाचारमा चुर्लम्म डुब्नु अदालतका न्यायामुर्ती माथि अनावश्यक टिप्पणी गर्नु सुहाउदो नभएको बताए ।
पटक पटक मन्त्री बन्दै कानुन मन्त्री समेत बने, कानुनको विद्यार्थी समेत रहिसक्नु भएका साँसद साहलाई न्यायाधिशको वारेमा टिप्पणी गर्नु, समाजिक संजालमा नेताहरुको झोले न्यायाधिश भन्ने अधिकार उनलाई कसले दिए । सार्वजनिक पदमा बसेका व्यक्तिलाई न्यायपालिका माथि त्यसरी लेख्नु र टिप्पणी गरेकोमा उहाँ माथि कडा भन्दा कडा कारवाहीको लागि जनताको बिचबाट माग गरेका छन ।
आजपा अध्यक्ष साह माथि मर्यादित रुपमा नग्याउदै भने विद्यालयमा गएर शिक्षक सुनिल यादवको हत्या गराउनु, वीरगञ्जमा काशीनाथ तिवारीको हत्या, अहेव सुरेश यादव र कुस्ति खेलाडी उपेन्द्र दास बैरागीको हत्या गराउनु र अपराधलाई पृष्ठपोषक बन्दा पनि उनलाई कारवाही गर्ने कोही छैनन् ? उनले गम्भीर प्रश्न गर्दै २०५९ भदौं २३ गते साविक पथराबुधरा गाविसका समाजसेवी गोवर्धन राय यादव र बुधनराय यादवलाई गोली हानेर हत्या गरेको अभियोगमा गंगाराम बैठा विरुद्ध २० बर्षको कैद सजाय तोकिदा सोही समय देखि फरार रहेका थिए ।
विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेका गंगाराम बैठालाई रौतहट जिल्ला अदालतले थुनछेकको लागि पुर्पक्ष गर्छ त्यसपछि साँसद जस्तो व्यक्तिले स्वतन्त्र न्यायाधिशलाई झोले न्यायाधिश भन्नु सरासर गलत रहेको छ । अपराधीलाई संरक्षण गरेर अपराध बढाउनु एक मात्र उनको कार्यशैली विगतका दिन देखि चल्दै आएको हुँदा त्यस्ता व्यक्तिलाई राज्यबाट कडा कारवाही गर्नुपर्ने नगरप्रमुख यादवले जिकिर गरे ।
स्थानीय सरकारले आफनो कत्र्तव्य पालना गर्न खोज्दा साँघातिक हमला हुन्छ, त्यसको लागि पहल नगर्ने त्रिभुवन साहले आफनो आइडीबाट उडण्ड मेयर, दबंग मेयर, विना जनताको जानकारीको घर भत्काउन लाग्दा जनताहरु लखेटेको भन्दै पोष्ट गर्नु आफैमा निन्दनिय भएको ठहर गर्दै नगरप्रमुख यादवले मेरो चालक, कम्प्युटर घाँइते भयो मेरो टाउकोमा समेत चोट लागेको दाग निधारमा छदैछ । “माननिय प्रभुजी र मित्र त्रिभुवनजी म नेपाली आमाको छोरा हुँ पछि हटेर होइन जायजका लागि डटेर लड्छु, मेरो शरिरमा अन्तिम सास रहे सम्म विकास निर्माण गर्नबाट पछि हटदैनौं” उनले भने ।
देश कानुन र विधिले चल्छ, कानुन हातमा लिनु हुँदैन, आफना कर्मचारीलाई भन्दै हामी ब्याक भयो । “म तपाई जस्तो छैइनौं कहि झगडा भयो भने कानुनमा नजाने षड्यन्त्र गरेर गोली हान्न लगाउने जस्ता अपराधिक प्रवृत्ति तपाईको हो, मेरो होइन मेयर यादवले भने” “प्रभुजी काशीनाथ तिवारीको हत्यामा तपाईको संलग्नता छ कि छै्रन, सत्ताको बलमा गलत कर्तुतको बलमा तपाई अहिले सम्म उम्किनु भएको छ, तर सत्यको विजय एक दिन हुन्छ, ढिलो चाँडो काशी नाथ तिवारीको हत्याको सराप तपाईलाई लाग्छ, विधवा आईमाई र टुहुरा बालकको आँशु तपाईलाई लाग्छ, सत्ता कहिले सम्म उम्किनु हुन्छ,” “त्यही अवस्था म माथि गर्न खोज्नु भएको नसोच्नुस मेरो अन्तिम सास रहेसम्म काशी तिवारी लगायतका हत्याको जवाफ तपाईलाई कठघारामा ऊभ्याएर लिन्छु नगर प्रमुख यादवले बोलेका छन । नगरप्रमुख यादवले भने जनताले दिएको जिम्मेवारी लाई बहन गर्दै
विकास गरेर देखाउँछु, मृत्यु सत्य हो कहिले हुन्छ कसैलाई थाहा छैन् तपाई अपराधको राजनीति गर्ने अपराधमा विश्वास राख्नु व्यक्ति हो तर म जनतामा विश्वास राख्ने व्यक्ति हुँदा त्यसैले मलाई मृत्युबाट डर लाग्दैनन प्रभु जी ।
राज्यको बजेटको सहि सदुपयोग गरेर अघि बढ्ने प्रतिबद्ध रहदा “प्रभु साहको रिमोटमा त्रिभुवन साहको अगुवाईमा अपराधीक गतिविधि चलिरहेको” गम्भीर आरोप लगाउदै मेयर यादवले करोडौंको निर्माण कार्य जसको बोलपत्र बन्दोबस्त भइसकेकालाई गर्नमा अवरोध खडा गरिरहेका छन् । ९९.९९ प्रतिशत जनताहरु खुशी छन् तर मुठिभरी व्यक्तिको इशारामा सोझासाझा जनताहरुलाई वर्गलाए अकारण राजनीतिको नाममा अपराध एवं विकास विरोधी कार्य गर्नमा लागि परेका छन् । जनताहरु भनिरहेका छन् मेयर साहेव तपाई छाडिदिनु हामीहरु गएर खाली गराएर देखाइदिन्छौ उनीहरुको दवंगई एवं गुण्डागर्दी हुन दिदैनन् ।
रौतहट जिल्लालाई प्रभुजीले अस्तव्यस्त बनाए, तपाई खुलेआम कानुनको उलंघन गर्दै धज्जी उडाइरहनु भएको छ ।
अरुको जग्गामा आफनो आमाको नाममा विद्यालय खोल्न अधिकार कसले दियो त ? अलिकति शिक्षा ऐन पढ्नुस, तपाई कानुनको विद्यार्थी समेत रहनु भएको छ तर त्यस अनुसारको पालना गर्नुभएन । जग्गा नै विद्यालयको नाममा छैनन् बलजफती कब्जा गरेर कुन विधि प्रक्रिया अपनाएर लक्ष्मिनिया मावि बनाइयो राज्यका करोडौं रकम कसरी लगानी गरियो यो राज्यले खोजबिन गर्नुपर्ने उनले माग गरे ।
मन्त्री जस्तो व्यक्ति भईसकेको प्रभु साहले पैसाको चरम दुरुपयोग गरेको गम्भीर आरोप लगाउदै नगरपालिका एवं राज्यको विभिन्न लगानीबाट निर्माण भएका सरकारी सम्पत्तीको आमदानी नगरपालिकालाई हुनुपर्छ कि पर्दैनन् तर पार्क होटेलका संचालक उनका साढु भाई, पिकनिक पार्कको संचालक उनको सालो भारतीय नागरिक रहेको छ, स्थानीय बेरोजगार छन् तर न्याय उनको पक्षमा नदिदा झोले न्यायाधिश वेइमान न्यायाधिश भन्न पछि नहट्ने प्रभुजीलाई के भन्ने मेयर यादवले यसरी आक्रोश पोखे ।
तराई मधेश जनयुद्ध स्मृति प्रतिष्ठान, तराई मधेश संस्कृतिक संघ्रालय यी दुबै प्रभुजीको हर्ताकर्ता त्रिभुवन साह रहेको छ । सहिद स्मृति बहुउद्देशिय भवन मौलापुरमा राज्यको ठूलो रकमको दुरुपयोग भइरहेको छ । राज्यको लगानी औचित्यको आधारमा हुनुपर्छ तर उक्त बजेटको चरम दुरुपयोग भएको आरोप लगाए । यस्ता अनगिन्ती योजनाहरुमा लुटखसोट मचाएपनि राज्यबाट छानविन गरेर विकासको नाममा जनताको आँखामा छारो हान्नेलाई कारवाहीको डायरामा ल्याई बेइमान एवं अपराधमुक्त क्षेत्र बनाउनमा नेपाल सरकार संग जोडदार रुपमा माग गरे ।सो १२ कोठे भवन बनाउन नगरपालिकाले ३करोड ९४ लाख रुपैयाँमा बाबा गनिनाथ ,जय भवानी र कमल कन्ट्कसनलाई संयुक्त रुपमा ठेक्का दिएका छन । २०८२ असार मसान्तसम्म भवनको काम सम्मपन हुने गरी सम्झाैता गरिएको छ ।