कन्हैया पटेल । बिरगंज समाज सेवाले नारायणी अस्पतालमा निशुल्क खाना बितरण कार्यक्रम गर्दे आएकोमा आज३६ औं हप्ताको खाना संगै त्याहा रहेका बिरामी तथा कुरुआ हरुलाई १ सयजोर मोजा र ५ थान कम्बल वितरण गरेको छ ।प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएको छ।
खानामा शुद्ध शाकाहारी स्वादिष्ट दाल , भात , तरकारी , अचार रहेको र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिनु भयो।
मानाव सेवा नै सब भन्दा ठुलो सेवा हो तेसैले सेवा गर्न चाहनेहरुले हामी संग मिलेर सेवा गर्न अनुरोध समेत गर्नु भएको थियो।
अत्याधिक चिसोले गर्दा जनमानवलाई कष्ट भैरहदा हामी साथी भाईहरुले यो खाना खुवाउने कार्य संगै आज कम्बल तथा मोजा बितरण गरेको बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताका बताउछन।
अनुसारयो पुण्यको कार्य हो यस्तो कार्यमा सबै जनालाई मनले सहयोग गर्न आग्रह समेत गेरेकी थिईन उहाले भन्नू भो आज मलाई पनि यस्तो पुण्यको कार्य गर्न पाउँदा धेरै खुसी भएको छु
गरिब,निमुखा,बिरामी,कुरुवा,असहायहरु लाई खाना खुवाउन पाउँदा मन देखी अत्यन्तै खुसीको अनुभूति महसुस हुँदै छ। अब आउने दिनमा पनि म संगजे जति सहयोग हुन्छ म गर्ने छु। वहाले थपनु भो की यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह समेत गर्नु भएको थियोे ।
आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , निसान्त लाठ,देवव्रत आर्या,राम बाबू, राधेश्याम गुप्ता , सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।