वीरगन्ज , ५ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर - २१ लिपनीविर्तामा रहेको शक्ति युवा क्लबको प्रथम बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका अन्तर्गत तीन नम्बर पुल खोलामा क्लबको प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको हो ।
क्लबको प्रथम बार्षिक साधारणसभाले निर्वतमान उपाध्यक्ष सुबोध श्रीवास्तवको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित क्लबको वरिष्ठ उपाध्यक्षमा संजय मण्डल , प्रथम उपाध्यक्षमा दिपक यादव , द्वितीय उपाध्यक्षमा हुलास यादव , महासचिवमा ध्रुव प्रसाद साह , सचिवमा कैलाश मण्डल , कोषाध्यक्षमा सोनालाल मण्डल रहेका छन ।
यस्तै सदस्यहरुमा उमेद राम , सरोज यादव , तिवारी यादव , मनोज मिश्रा , सन्तोष शर्मा , हसनैन आलम , सलिम आलम , सम्साद आलम , रमेश सरार्फ , अभिषेक ठाकुर ,मनिर आलम र इमाम आलम रहेका छन ।
त्यस्तै साधारणसभाले तीन सदस्यीय क्लबको सल्लाहकार समिति पनि चयन गरेको छ । नवनियुक्त सल्लाहकार समितिमा नागमणी उपाध्याय , मोबिन आलम र क्लबका निवर्तमान अध्यक्ष राजमहम्द मिया रहेका छन ।
साधारणसभाले क्लबमा आवद्ध भएका सदस्यहरूलाई एकीकृत गर्दै ५१ सदस्यीय साधारण सदस्य बनाएको छ ।
क्लबका निवर्तमान अध्यक्ष राजमहम्द मिया अध्यक्षतामा भएको साधारणसभाको उदघाटन परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री राउत कुर्मीले गरेका थिए ।
साधारणसभा कार्यक्रममा नेकपा एमालेका नेता रामपाल यादव , मोबिन आलम , समाजसेवी नागमणी उपाध्याय ,युवा ब्यवसायी मनोज यादव , रामादेश यादव, धर्मेन्द्र रौनियार सहितका अतिथिहरुको सहभागीता रहेको थियो ।