पर्सा । नेपाल पत्रकार महासंघका नेताहरु मिटर ब्याजी साहु तथा विभिन्न अपराधिक घटनाका आरोपितहरुको भोज कार्यक्रममा सहभागी भएपछि पिडित नागरिक समाज सशंकित हुँदै नेपाल पत्रकार महासंघ पर्सा शाखाको कार्यालयमा पत्रकार सम्मेलन गर्न आएका छन ।
शनिवार कालिकामाईको वडा नम्बर ४ कटी बलुवामा मिटर ब्याज साहुहरुको भोजमा नेपाल पत्रकार महासंघका लेखा समिती संयोजक, प्रदेशका अध्यक्ष तथा पर्सामा निर्वार्चित अध्यक्ष सहितका केहि पदाधिकारीहरु सहभागी भएपछि सो गांउका मिटर ब्याज तथा अन्य घटनाका पिडितहरु पत्रकार महासंघमा पुगेर आफनो दुखेसो पोखेका हुन । महासंघका नेताहरु मिटर ब्याज साहुहरुको भोजमा रमाई रहेको समयमा पिडितहरु महासंघमा पुगेर आफुहरुलाई नयाय दिलाउन पत्रकारहरु समझ आग्रह गरिरहेका थिए ।
नेपाल पत्रकार महासंघको टोली कालिकामाई गांउपालिकाको वडा नम्बर ४ कटी बलुवा निवासी आमोद चौरसिया तथा प्रमोद चौरसियाको घरमा पुगेर टिका माला थापनुको साथै मासुको भोजमा सहभागि भएको थियो । चौरसिया दाजु भाईले कालिकामाई गाउपालिका वार्ड नम्बर ५ का बिक्रम ठाुकर लोहार सहित बलुवा को दजर्नो निमुखा नागरिकलाई थोरै रकम दिएर कराडौको जग्गा लिलाम गराएका हुन ।
चौरसिया दाजुभाई अपहरण, जानमार्ने उद्योग तथा मिटर व्याजको मुद्दाहरुमा आरोपीत छन । कतिपय मुद्दा सम्मानित आदालतमा बिचाराधीन र जिल्ला प्रहरी कार्यालयमा अनुसंधानको क्रममा रहेको मुद्दालाई प्रभावित पार्न उनिहरुले महासंघको साखलाई प्रयोग गरेको पिडितहरुले गुनासो गरे ।
पिडित नागरिकको हमका लागि जनउतरदायी पत्रकारिता गर्नु पर्ने पाठ सिकानेहरु मिटर ब्याज साहुहरुको मासु भातमा रमाउने दुष्य देखेर आफुहरु न्यायको लागि महासंघमा पुगेको पिडितहरुले बताए ।
चौरसिया दाजुभाईले ठाकुरलाई तिन लाख दिएर सालोको नाममा तमसुक बनाए । त्यसैगरि दुई लाख दिएर सादा चेक लिए । चौरसिया दाजुभाईले ५ लाखको हरहिसाब गरि ७ लाख बुझीसकेको पिडित ठाकुरले पत्रकार सम्मेलनमा जानकारी गराए । गांउमा पटक पटक पन्चाइती समेत भएकोले यो विषय गांउमा छर्लंग रहेको ठाकुरले बताउदै भने ं चेक र तमसुक फिर्ता नगरि मुद्दा गराएर घडेरीको ६ कठ्ठा जग्गा चौरसिया दाईभाईले निलाम गराए , ंढलान बाटोमा रहेको जग्गाको बाटो उल्लेख नगरि वडा अध्यक्षलाई मिलाई मुल्यांकन घटाएर जग्गा लिलामका साथै श्रीमतीलाई समेत कारागार पठाएका छन ।
ठाकुरले जिल्ला प्रशासनको मिटर ब्याज शाखामा (फाईल संख्या ३९ नम्बर) उजुरी गरेपछि पटक पटक छलफल भयो तर चौरसिया दाजुभाई उपस्थित हुदैन्न । उनिहरु मिटर ब्याज बिरुध आदालतमा निषेधाज्ञाको निवेदन दिए तर आदालतले उनीहरुको निषेधाज्ञा समेत खारेज गरिदिएको छ ।
चौरसिया दाजुभाई माथी अपराधिक बिश्वासघात र अनुचित लेनदेनको मुद्दा जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ताभई अनुसंधान अगाडी बढेको छ । यसैगरि चौरसिया संगै साठगाठ भएका मुन्ना कलवारले स्थानिय भागरासन चौरसियाको ४० हजारमा ४ कठा जग्गा र संजय साहको १९ हजारमा डेढ कठ्ठा जग्गा लिलाम गराएका हुन ।
शनिवार पत्रकार टोलीको भोज भतेरमा मुन्ना कलवार तथा चौरसिया दाजुभाईले मिलेर खर्च गरेको स्थानियले बताएका छन । पत्रकार सम्मेलनवा आफनो पिडा राख्ने सार्वजनिक महत्वको ठाउ पत्रकार महासंघको भवन हुदा हुदै पिकडको घरमा खसीकाटेर भोत भतेरमा सहभागी हुने शैलीले महासंघको गरिमालाई नै खसाउने काम गरेको आम संचारकर्मीमा चर्चाको बिषय बनेको छ ।