वीरगञ्ज । वीरगञ्जमा एक्स्ट्रिम सिरिजका दुई नयाँ बाइक सार्वजनिक गरिएको छ । वीरगञ्जको घण्टाघर नजिकै रहेको बिपि उद्यान पार्कमा एक कार्यक्रमका बीच एक्स्ट्रिम १२५ आर र एक्स्ट्रिम १६० आर मोटरसाइकल सार्बजनिक गरिएको हो ।
नयाँ बाइकहरुले अटोमोबाइल प्रेमी र उद्योगका सरोकारवालाहरूलाई अविस्मरणिय अनुभव प्रदान गर्ने वीरगञ्जका वितरक सज्य कलवार (बब्लु) ले दाबी गरे । उनकै अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवालले गरेका थिए ।
एक्स्ट्रिम सिरिज उच्च प्रदर्शन, अत्याधुनिक विशेषताहरू र साहसी तथा आकर्षक डिजाइनको एक उत्कृष्ट संयोजन रहेको अध्यक्ष अग्रवालले बताए । विशेष गरी युवाले रुचाउने किसिमले यसको डिजाइनिंग गरिएको अग्रवालको भनाई छ ।
सीजी मोटर्सले ल्याएको हिरो कम्पनीको एक्सट्रिम सिरिज अन्तरगतका यी दुईवटा नयाँ मोटरसाइकल युवा पिढिले रुचाउनेमा उनी विश्वस्त छन् ।
नेपालका मोटरसाइकल चालकहरूका लागि आधुनिक सुविधा सहितको शक्तिशाली, आकर्षक र उत्कृष्ट मोडलका मोटरसाइकलको बिक्री शुभारम्भ गरेको वीरगञ्जका प्रमुख वितरण्क सञ्जय कलवारले बताए ।
सार्वजनिक गरिएका दुवै मोडेलहरू नेपालको नवलपरासीस्थित सीजी इन्डष्ट्रियल पार्कमा रहेको अत्याधुनिक असेम्ब्ली प्लान्टमा निर्माण गरिएको हो । हिरो मोटरसाइकल तथा स्कुटरहरू नेपालको प्रतिष्ठित तथा लोकप्रिय ब्रान्डमा चिनिने गर्दछ । कम्पनीले सुपर स्प्लेन्डर र एक्सप्लस २०० जस्ता चर्चित ब्रान्डद्वारा नेपालको मोटरबाइक बजारमा बलियो पकड जमाएको छ ।
सार्वजनिक गरिएको एक्सट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्सट्रिम १२५ आरको मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै एबीएस भेरियन्टका लागि भने ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ ।
कार्यक्रममा विभिन्न किसिमका सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरिएको थियो ।