बिरगंज । आज बिरगंज समाज सेवाको आयोजनामा ३७ औं हप्ता निशुल्क खाना बितरण कार्यक्रम नारायणी अस्पतालमा सम्पन्न भएको छ । प्रत्येक शनिबार बिहान १० बजे देखि नारायणी अस्पतालको प्राङ्गणमा निशुल्क भोजन खुवाउदै आएकोमा आज पनी निशुल्क भोजन गराईएको हो।बिहानको १० बजे देखि सुद्ध सफा र पोसिलो युक्त खाना खुवाउने गरिन्छ।
शुद्ध शाकाहारि खानामा स्वादिष्ट दाल , भात , तरकारी , अचार रहेको र ४५० देखि ५०० जनाले हरेक हप्ता खाने गरेको बिरगंज समाज सेवाका सदस्य अभिलाष गुप्ताले जानकारी दिनु भयो। मानाव सेवा नै सब भन्दा ठुलो सेवा हो तेसैले सेवा गर्न चाहनेहरुले हामी संग मिलेर सेवा गर्न अनुरोध समेत गर्नु भएको थियो।
बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताका भनाई अनुसार अत्याधिक चिसोले गर्दा जनमानव लाई कष्ट भैइ रहदा पनि हामी यो कार्य लाई निरंतरता दिदै आएका छौं यो पुण्यको कार्य हो यस्तो कार्यमा सबै जनालाई मनले सहयोग गर्न आग्रह समेत गेरेका थिए उहाले भन्नू भो आज हामी साथी भाइ मिलेर यस्तो पुण्यको कार्य गर्न पाउँदा धेरै खुसी भएको छु।
गरिब,निमुखा,बिरामी,कुरुवा,असहायहरु लाई खाना खुवाउन पाउँदा मन देखी अत्यन्तै खुसीको अनुभूति महसुस हुँदै छ। अब आउने दिनमा पनि म संगजे जति सहयोग हुन्छ म गर्ने छु। वहाले थपनु भो की यस सामाजिक कार्यको लागि हुनेले केहि न केहि सहयोग गरौ , मनकारि दाताहरुलाई आफ्नो तन , मन र धनले जति सकिन्छ त्यति सहयोग गर्न आग्रह समेत गर्नु भएको थियोे ।
आजको सो नि-शुल्क भोजन कार्यमा उपस्थित भैइ सहयोग गर्नेहरुमा अध्यक्ष अशोक कुमार गुप्ता , उपाध्यक्ष मनोज प्रसाद रौनियार , सचिब प्रकाश बहिति , कोषाध्यक्ष बिनोद सरार्फ , सदस्यहरु मदन प्रसाद गुप्ता , राजु रुङ्ग्टा , वकिल प्रसाद रौनियार , रमेश अग्रवाल , बिरेन्द्र प्रसाद आर्या , हरेन्द्र प्रसाद , निसान्त लाठ,देवव्रत आर्या,राम बाबू, राधेश्याम गुप्ता , समाजसेवी राजेन्द्र भट्टराई एवम् सन्चारकर्मी अभिलाष कुमार गुप्ताको सहभागीता रहेको थियो ।