बर्दिबास । नेपाललाई सन् २०१० मै कुष्ठरोग मुक्त मुलुक घोषण गरिएपनि यो रोग अझै प्रमुख स्वास्थ्य समस्या बनेको छ । नेपालसमेत विश्वभर आज (आइतवार) ७२ औं कुष्ठ रोग दिवस मनाउँदै गर्दा महोत्तरीमा रोगीकाे संख्या बढ्दै गएकाे छ ।
स्वास्थ्य कार्यालय महोत्तरीका अनुसार यो वर्षको पुससम्म ४६ महिलासहित महोत्तरीमा १०० जना नयाँ कुष्ठ रोगी पहिचान गरिएको छ । यो संख्या गत वर्षको तुलनामा १३ जनाले बढी हो । गत वर्ष (०८०) महोत्तरीमा कुष्ठरोगीकोे संख्या ८७ जना मात्र थियो ।
नयाँ पहिचान गरिएकामा सर्ने खाले (एमवी) ७३ जना र नसर्ने किसिम (पीवी) का २७ जना रहेको कार्यालयले जनाएको छ । विश्व स्वास्थ्य संगठनले प्रति १० हजार मानिसमा १ जनाभन्दा कममा झारी रोग निवारण गर्ने लक्ष्यलाई नेपालले पनि पछाउँदै आएको छ । तथापि स्वास्थ्य कार्यालयको यो तथ्याङ्कले महोत्तरीमा प्रति दश हजारमा कुष्ठ रोगको प्रकोप दर (प्रीभिलेन्स रेट) १ दशमलव ३९ प्रतिसत देखाएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीका क्षय कुष्ठ अधिकृत उमेश यादवले भन्नुभयो, ‘समुदायमा पुगेर गरिएको स्क्रिनिङपछि नयाँ बिरामी थपिएको हो । बिरामी थपिँदै जानु एकातिर चिन्ताजनक हो भने अर्कोतर्फ नयाँ पहिचानले उपचार र निर्वारणमा सघाउ पनि पु¥याउँछ ।’
यो वर्ष महोत्तरीमा सवैभन्दा बढी एकडारा गाउपालिकामा ५ दशमलव ४१ प्रतिशत आर्थात् १७ जना कुष्ठ रोगी फेला परेको छ । दोश्रोमा मटिहानीमा यसको दर ३ दशमलव ७६ प्रतिसत अर्थात् १४ जना पाइएको छ ।
त्यस्तै, बलवामा ३ दशमलव १६ प्रतिशत, समसीमा २ दशमलव ०७ प्रतिशत, सोनमामा १ दशमलव १७ प्रतिशत, मनरा सिसवामा १ दशमलव १२ प्रतिशत, महोत्तरी गाउँपालिकामा १ दशमलव ७४ प्रतिशत, पिपरामा १ दशमलव २९ प्रतिशत र लोहरपट्टीमा १ दशमलव ०६ प्रतिसतमा कुष्ठ रोगी रहेको यादवले जनाउनुभयो ।
महोत्तरीको रामगोपालपुर नगरपालिका वाहेक सवै स्थानीयतहमा कुष्ठ रागी पाइएपनि गौशाला, औरही, भंगाहा र जलेश्वरमा भने प्रति दश हजारमा एक जनाभन्दा कम अर्थात् शून्य दशमलव १५ देखि शून्य दशमलव ९४ प्रतिशत रहेको छ ।
स्क्रिनिङका क्रममा रामगोपालपुरमा एकजना पनि कुष्ठ रोगी नभेटिएको उहाँले जनाउनुभयो । स्वास्थ्य कार्यालय महोत्तरीका क्षय कुष्ठ अधिकृत उमेश यादवका अनुसार अहिले नेदरल्याण्ड सरकारको ‘एनएलआर’ कार्यक्रमअन्र्तगत पुराना कष्ठरोगीको घरवरपरका छिमेकीलाई घरदैलोमै पुगेर स्क्रिनिङ गर्ने काम भइरहेको छ । यस क्रममा पहिचान भएकालाई तत्काल उपचारको दायरामा लिने, रोग फेल नपरेकालाई पनि भविष्यमा संक्रमण नहोस भनेर एकडोज औषधी ख्वाउनु जस्ता कार्यक्रम अहिले प्रभावकारी देखिएको छ ।
उहाँले भन्नुभयो, ‘एनएलआर’ को अभियानअन्र्तगत महोत्तरीमा सयजना नयाँ कुष्ठरोगी पहिचान गरिएको हो ।’ महोत्तरीसमेत मधेश प्रदेशमा कुष्ठरोग चुनौतिको रुपमा रहे पनि यसको निवारणमा मधेश सरकार उदाशिन देखिएको प्रदेश स्वास्थय निर्देशनालयको गुनासो छ । निर्देशनालयका क्षय कुष्ठ अधिकृत राजवीर यादवका अनुसार मधेशको सवै जिल्लामा कुष्ठरोगीको संख्या वढदो क्रममाा छ । तथापि चालु आवमा प्रदेश सरकारले कुष्ठरोग खोजपडतालको नाममा १० लाख रुपियाँ मात्र पठाएको छ ।
उहाँले प्रश्न गर्नुभयो, ‘त्यतिजावो बजेटले ८ वटा जिल्लामा कसिर कार्यक्रम पुर्याउन सकिन्छ ?’