काठमाडौं । ‘मधेश’ को जनजीवन र त्यहाँका पात्रहरूलाई चित्रण गरेर नेपालमा कमै चलचित्रहरू बनेका छन् । बनेका चलचित्रहरूले पनि मधेशलाई न्याय नगरेको गुनासो बौद्धिक वृत्तबाट सुन्न पाइन्छ ।
पछिल्लो समय मधेशमा नयाँ पुस्ताको उदय भइसकेको छ, जसले आफ्नो पहिचानका लागि कुनै पनि माध्यमबाट आवाज बुलन्द गर्न डराउँदैन । सडकमा टायर बालेर वा ढुंगा मुढा गरेर मात्र होइन, सामाजिक संजालमा ह्यासट्याग अभियान चलाएरै राज्यलाई झक्झक्याउने सामर्थ्य यो पुस्तासँग छ । यो पुस्ता शैक्षिक, सांस्कृतिक, सामाजिक र राजनीतिक रुपमा बहस गर्न तयार छ ।
अहिले हलमा लागिरहेको ‘मिसिङ : केटी हराएको सूचना’ ले उठाएको विषय यही हो । निर्देशक दीपेन्द्र गौचनले यस चलचित्रमार्फत् मधेशलाई चिहाउन खोजेका छन् । मधेशलाई सहीरूपमा चित्रण गरेर त्यहाँका नागरिकको भावनालाई ओकेल्ने प्रयास चलचित्रमा गरिएको छ ।
चलचित्रले मधेशप्रति सतही बुझाइ भएकी एक युवती सीता (जेस्सी) लाई मधेश पुर्याएको छ । अनि बताएको छ, ‘मधेश भनेको धेरैथोक हो । मधेशलाई नै टेकेपछि मात्रै मधेश बुझ्न सकिन्छ ।’
प्राय नेपाली चलचित्रमा मधेशी पात्र र उसको लवजलाई कमेडी खुराकका लागि प्रयोग गरिएको हुन्छ । १२ वर्षअघि ‘होस्टेल रिर्टन्स’ मा नाजिर हुसेनले नै निभाएको मधेशी युवकको भूमिका हास्यप्रधान थियो । यस चलचित्रमा भने मधेशी पात्रको रूपमा रामले नेपाली पनि स्पष्ट बोल्छ, मैथली पनि स्पष्ट बोल्छ । यति मात्रै होइन, मुद्दाहरूमा समेत ऊ स्पष्ट छ ।
चलचित्रको सुरूवात हुन्छ, अपहरणमा परेकी एक युवती (सीता) र अपरहणकारी युवक राम (र्याम्बो) बाट । अपहरणकारीले सीताको हातखुट्टा ह्वीलचेयरमा बाँधेर, आँखामा पट्टी बाँधेर मधेशमा पुर्याउँछ ।
अपहरणको दृश्यसँगै अगाडि बढेको चलचित्रले सीता अपहरणमा पर्नुको कारणहरू खोतल्दै जान्छ । डेटिङ एपमार्फत् रामलाई भेटेकी सीता कसरी रातारात जनकपुर पुर्याइन्छे, रहस्य खुल्दै जान्छ । कथा एउटा बिन्दुमा पुगेपछि सीतामार्फत् गौचनले दर्शकलाई मधेश घुमाएका छन्, रामकी दिदीको पहेँलो कुर्ता लगाइदिएर । काठमाडौंबाट लगाएर गएको लुगा फुकाल्नु र मधेश घुम्न निस्कनुअघि मधेशी युवतीले लगाउने कुर्ता लगाउनुको प्रतिकात्मक अर्थ छ चलचित्रमा ।
सीतालाई मधेशको पोखरी, आँपका रुख, सुन्दर फाँटहरूमा घुमाइएको छ । महिलाहरूले बनाएका सुन्दर मिथिला चित्रहरूमा पुर्याइउको छ । माटोले बनाइएका कलात्मक डिजाइनहरूमा पुर्याइएको छ । मधेशका रैथाने खानेकुराको स्वाद चखाइएको छ । मधेशको समाज, संस्कृति देखाइएको छ । अनि मधेशका मान्छेको मानवीयता, आतिथ्यता देखाइएको छ ।
मधेश आन्दोलनको सन्दर्भ जोडिएको छ चलचित्रमा । पहाडी र मधेशी बीचमा आएको फाटोलाई देखाउन खोजिएको छ । पहिचानको लागि मधेशीले गरेको संघर्षलाई देखाउन खोजिएको छ । त्यसैले ‘मिसिङ : केटी हराएको सूचना’ मधेशको डकुमेन्टेसन पनि हो ।
चलचित्रले मधेशप्रति सतही बुझाइ भएकी एक युवती सीता (जेस्सी) लाई मधेश पुर्याएको छ । अनि बताएको छ, ‘मधेश भनेको धेरैथोक हो । मधेशलाई नै टेकेपछि मात्रै मधेश बुझ्न सकिन्छ ।’
तर, निर्देशक गौचन मधेश देखाउने ध्याउन्नमा कथा वाचनमा चुकेका छन् । मुद्दाले बाहेक कथा वाचनले दर्शकलाई छुँदैन । पहिलो हाफ त एकदमै स्लो छ । घरभित्र दुई पात्रहरूलाई घरि यता घरि उता गराइएको छ । न घटना केही घट्छ, न कुनै ट्वीस्ट आउँछ ।
केटीको दाइ प्रहरी इन्स्पेक्टर छ, अनि बहिनी हराएकी छे । फेसबुकमा युवती हराएको भिडिओ भाइरल भइसकेको छ । त्यसरी सञ्जालमा केटी हराएको खबर फैलिँदा प्रहरीले घाम तापेर बस्दैन । फोनको लोकेसन ट्र्याक गर्न सक्छ । लोकेसन ट्र्याक गर्दै केटी भएको ठाउँमा आउन सक्छ । किनभने केटी अपहरण भएको घरमा पटकपटक फोन अन भएको छ । प्रहरीको कोणबाट पनि समानान्तररूपले कथा अगाडि बढाएको भए चलचित्र रोचक हुने थियो ।
तर, निर्देशक गौचन भने केटा र केटीलाई घरभित्र अलमलाएर राखिरहन्छन् । पात्रहरूलाई बर्गर खुवाएर, फ्रेन्च फ्राइ खुवाएर, पालैपालो ह्वीलचेयरमा बाँधाबाँध गराएर चलचित्रको पहिलो भाग अल्मलिएको छ । घरमा घरिघरि हरर फिल्म महसुस गराउने ब्याकग्राउण्ड म्युजिक बज्छ, जसको कुनै अर्थ नै छैन ।
सीतालाई मधेशको पोखरी, आँपका रुख, सुन्दर फाँटहरूमा घुमाइएको छ । महिलाहरूले बनाएका सुन्दर मिथिला चित्रहरूमा पुर्याइउको छ । माटोले बनाइएका कलात्मक डिजाइनहरूमा पुर्याइएको छ । मधेशका रैथाने खानेकुराको स्वाद चखाइएको छ । मधेशको समाज, संस्कृति देखाइएको छ । अनि मधेशका मान्छेको मानवीयता, आतिथ्यता देखाइएको छ ।
चलचित्रको दोस्रो भाग भने गज्जब छ, पात्रहरू मधेशका गाउँ छिर्छन्, मुद्दामा छिर्छन्, मधेशको संस्कृतिमा छिर्छन्, मिथिला चित्रहरूमा छिर्छन् । चलचित्रको दोस्रो भाग दर्शकलाई बाँध्न सक्षम छ । चलचित्रको दोस्रो भाग दर्शकलाई बाँध्न सक्षम छ । चलचित्रको समाप्तीमा रेलबाट हाम फाल्दा रामलाई गोली लाग्छ । खासमा चलचित्र यहीँ सकिनुपर्ने हो, तर निर्देशक गौचनले ह्याप्पी इण्डिङ गराएका छन् ।
चलचित्रको सबैभन्दा राम्रो पक्ष भनेको मधेशी पात्रलाई मुख्य भूमिकामा देखाइनु हो । प्राय नेपाली चलचित्रमा मधेशी पात्र र उसको लवजलाई कमेडी खुराकका लागि प्रयोग गरिएको हुन्छ । १२ वर्षअघि ‘होस्टेल रिर्टन्स’ मा नाजिर हुसेनले नै निभाएको मधेशी युवकको भूमिका हास्यप्रधान थियो । यस चलचित्रमा भने मधेशी पात्रको रूपमा रामले नेपाली पनि स्पष्ट बोल्छ, मैथली पनि स्पष्ट बोल्छ । यति मात्रै होइन, मुद्दाहरूमा समेत ऊ स्पष्ट छ ।
नाजिरले रामको भूमिकामा राम्रो अभिनय गरेका छन् । सीताको भूमिकामा रहेकी श्रृष्टि श्रेष्ठले अभिनयमा परिस्कार गर्नुपर्ने देखिन्छ । कथा वाचनमा चुके पनि निर्देशक गौचनले मधेशको डकुमेन्टेसन राम्रैसँग गरेका छन् । सिनेम्याटोग्राफी पनि ठिकठिकै छ । चलचित्रमा एउटा सिन छ, जहाँ महिला विकास केन्द्रका महिलाहरू नाजिर र सीता पुग्दा पनि सारीको फेरले टाउको छोप्दैनन् । जब कि श्रीमान् बाहेक कोही पुरुष आउँदा महिलाले अनिवार्य रुपमा टाउको छोप्नुपर्छ । यसको मतलब हो, समय अनुसार बदलिँदै पनि गइरहेको छ मधेश ।