‘लालसिंह चड्डा’ देखि नै फ्यान आमिर खानको आगामी फिल्मलाई लिएर उत्साहित छन् । यस्तोमा, अभिनेताले आगामी फिल्म ‘सितारे जमिन पर’बारे अपडेट दिए ।
यो प्रतीक्षित फिल्म सन् २०२५ को क्रिसमसको अवसरमा रिलिज हुने उनले बताए । आमिरले केही दिनअघि गुजरातको स्ट्याच्यु अफ युनिटीमा गणतन्त्र दिवस २०२५ समारोहमा भाग लिएका थिए, जहाँ उनले आफ्ना आगामी फिल्मबारे कुरा गरे ।
मिडियाले उनलाई कुनै फिल्म गुजरातमा छायांकन हुन लागेको हो भनेर प्रश्न सोधेका थिए । जवाफमा अभिनेताले ‘सितारे जमिन पर’को क्लाइमेक्सलार्ई गुजरातको वडोदरामा छायांकन गरिएको बताए ।
उनले भने, ‘सितारे जमिन पर’ ‘तारे जमीं पर’को सिक्वेल हो । यस फिल्मको क्लाइमेक्स वडोदरामा छायांकन गरिएको थियो ।’
राज्यसँगको सम्बन्धबारे उनले भने, ‘जब म सानै थिएँ, मेरा बुबाका धेरै फिल्मको सुटिङ गुजरातमा भएको थियो । म त्यतिबेला सानै थिएँ, त्यसैले यहाँ आउँथें । आज ती सबै यादहरु ताजा भएका छन् । बडोदरामा धेरै परिवर्तन भएका छन् । अहिले यहाँ धेरै आलिसान भवन छन् र सडक पनि धेरै सुधारिएका छन् । जब म यहाँ पहिलो पटक आएको थिएँ, म सायद १२ वर्षको थिएँ । त्यसयता यस क्षेत्रमा धेरै परिवर्तन भएका छन् ।’
उनले भने, ‘गुजरात लामो समयदेखि फिल्म निर्माणसँग जोडिएको छ । यो एक धेरै जीवन्त ठाउँ हो, जहाँ सिनेमा, संस्कृति र कलासँग गहिरो सम्बन्ध छ । फिल्म उद्योगको तर्फबाट हामी पक्कै पनि यहाँ आएर सुटिङ गर्न चाहन्छौं ।’
‘सितारे जमिन पर’ इशान पात्रको यात्राको कथा हो । आमिरले यो फिल्म यसै वर्षको अन्त्यमा क्रिसमसमा रिलिज हुने बताएका छन् । उनले भने, ‘मुख्य कलाकारको रुपमा मेरो अर्को फिल्म ‘सितारे जमिन पर’ हो । क्रिसमसको अवसरमा यो वर्षको अन्त्यसम्ममा रिलिज गर्ने प्रयास गरिरहेका छौं । यो एक मनोरञ्जनात्मक फिल्म हो, मलाई यसको कथा मनपर्यो ।’
फिल्मको छायांकन सुरु भइसकेको छ । आमिर यस फिल्मका निर्माता पनि हुन् । जसमा जेनेलिया डिसुजा पनि देख्न सकिन्छ । मिडिया रिपोर्टका अनुसार ‘अल्फा’ क्रिसमसको दिन २५ डिसेम्बरमा रिलिज हुँदैछ । शिव रावलीको निर्देशनमा बनेको यो फिल्ममा आलिया भट्ट, शर्वरी, अनिल कपुर र बबी देओलको अभिनय छ ।