राजविराज । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीको सांगठनिक संरचनालाई अझ सुदृढ बनाउन जनतासँग जसपा नेपाल अभियान चलाइएको जनाएका छन् ।
जनतासँग जसपा नेपाल, अधारभूत संगठन निर्माण अभियान अन्तरगत बुधबार सो पार्टीको हनुमाननगर कंकालिनी नगर समितिद्वारा इनर्वामा आयोजित “बृहत पार्टी प्रवेश” कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।
“संगठन शक्ति हुन्छ, उनले भने–शक्ति निर्माणका लागि जनतालाई संगठित गर्न हामी अभियानमा निस्केका छौं ।” उनले मधेशीसँग गद्दारी गर्ने, मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्ने बिपक्षिसँग मिल्ने व्यक्तिलाई मधेशी जनताले समयमै पहिचान गरि बहिष्कार गर्नुपर्नेमा जोड समेत दिए ।
उनले जसपा नेपालको अभियानलाई बल पु¥याउन सबै मिलेर सहयोग गर्नुपर्नेमा जोड दिँदै यसले मात्र मधेश मुक्तिको अभियान सफल हुने जिकिर गरे ।
माओवादी नेता मण्डलसहित सय जना भन्दा बढी जसपा नेपालमा प्रवेश
उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता राहुल मण्डल सहित विभिन्न पार्टी परित्याग गर्दै सयजना भन्दा बढी नेता–कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन ।
मण्डल नेकपा माओवादी केन्द्र सप्तरी जिल्ला कमिटीका पुर्व सदस्य हुन । उनी सो पार्टीबाट २ पल्ट हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर पदमा प्रत्यासी समेत भएका ब्यक्ती हुन् । यद्धपी दुबै निर्वाचनमा सफलता भने प्राप्त गर्न सकेका छैनन् । मण्डल सहित सयजना भन्दा बढी नेता÷कार्यकर्ता पार्टीमा प्रवेश गरेको जसपा नेपाल हनुमाननगर कंकालिनी नगर समितिका संयोजक कृष्ण कुमार यादवले बताए ।
उनकै अध्यक्षतामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवका साथै जसपा नेपालका उपाध्यक्ष मृगेन्द्र कुमार सिंह यादव, सचिव शैलेन्द्र साह, प्रदेश साँसदद्वय किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिह यादव, जिल्ला अध्यक्ष केदार यादव लगायतले पनि बोल्दै नवप्रवेशीहरुलाई फुलमाला अबिर लगाई स्वागत गरेका थिए ।