बिरगंज । बीरगंजमा फस्ट इन्डो नेपाल ताइक्वान्दोको शुरुआत भएको छ। फस्ट इन्डो नेपाल ताइक्वान्दो ओपन च्याम्पियनशीप्स २०२५ मा वीरगञ्ज ताइक्वान्दो डोजाङ्गले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम बर्णवालले तृतिय स्थान हासिल गरेको छ कोशी प्रदेश ताइक्वान्दो संघले झापाको काँकडभित्ता टाउन हलमा आयोजना गरेको दुई दिने प्रतियोगितामा वीरगञ्ज ताइक्वान्दो डोजाङ्गले तृतिय स्थान हासिल गरेको हो ।
वीरगञ्ज ताइक्वान्दो डोजाङ्गबाट अफताब आलम, महमद सोहेल अख्तर, इमरान शेख, सुजित यादव, र रोहन पटेलले स्वर्ण पदक जित्दै टोलीलाई गौरवान्वित बनाए । साथै, सोहेल अख्तर, सुमित कुशवाहा, शुसान्त कुमार पटेल, र राजन बाबु कुमार गुप्ताले रजत पदक जिते । यस्तै प्रदीप घिमिरे, रिसी साह, प्रिन्स गुप्ता, दिलिप कुमार दास, प्रथम वर्णवाल, शिवम कुमार, मुन्नीलाल राउत, गौतम प्रजापती, सब्रिना खातुन, रिजवान अली, र महमद अब्दुलले कांस्य पदकजितेका छन् ।
नेपाल र भारतका २२ क्लबबाट ६ सयभन्दा बढी खेलाडीहरूको सहभागिता रहेको प्रतियोगितामा वीरगञ्जले ५ स्वर्ण, ४ सिल्भर र ११ कास्य पदक जितेको वीरगञ्ज ताइक्वान्दो डोजाङ्गका प्रशिक्षक महमद वेशले जानकारी दिए । उनले प्रतियोगितामा वीरगञ्ज टोलीले गरेको प्रदर्शनबाट खुशी व्यक्त गर्दै आगामी दिनमा अझै मेहनत गर्नुपर्नेमा जोड दिए । साथै ठूलो प्रतियोगितामा ठूलो संख्यामा भएको प्रतिस्पर्धामा गरेको प्रदर्शन र प्राप्त उपलब्धीले अझै हौसला थपेको पनि उनले बताए ।
डोजाङ्गका प्रमुख महमद शकिलले प्रतियोगितामा सहभागी टोलीको सफलतालाई उत्साहजनक मानेका छन् । उनले प्रतियोगितामा जानका लागि नबिल बैंक वीरगञ्जले ट्रयाक शुट प्रयोजन गरेकामा नबिल बैंक आदर्शनगर शाखाका प्रबन्धक विशेष दैवज्ञप्रति आभार प्रकट गरे । उनकाअनुसार हाल वीरगञ्ज ताइक्वान्दो डोजाङ्गमा बिहान र बेलुकी गरी ८० जना विद्यार्थीहरू नियमित रूपमा ताइक्वान्दोको प्रशिक्षण लिइरहेका छन् ।