म राजनीतिमा विशेष चासो भएको व्यक्ति हुँ । पछिल्लो समय भारतीय राजनीति र त्यसमा पनि बीजेपी, आप र कांग्रेसको राजनीतिलाई मैले नियाली रहेको छु । मेरो ठम्याइमा बीजेपी पुरातन र नश्लवादी शक्ति हो भने कांग्रेस र आप केही प्रगतिशिल । राहुल गान्धीले भाषणमा नछुटाउने विषय भनेको बीजेपीको डरको राजनीति हो । महाराष्ट्रको पछिल्लो चुनावमा पनि बीजेपीले ‘वटेंगे तो कटेंगे’ नारा दिएर सत्तामा फेरि पुनरागमन गर्यो ।
सारा सर्वेक्षण र विपक्षीको आंकलनलाई फेल खुवाइदियो । आफ्नो राजनीतिलाई स्थापित गर्न र सत्तामा बसिराख्नको लागि बीजेपीले धेरै मोर्चामा आफूलाई उभ्याइरहेको छ । त्यसमध्येको एउटा मोर्चा हो- बलिउड । पछिल्लो समयमा ‘केरला स्टोरिज’, ‘कश्मिर फाइल्स’ र हालै मात्र ‘सावरमति रिपोर्ट’ नामक फिल्मले मुस्लिमविरुद्ध जेहाद नै छेडेका छन् । यी फिल्ममा उनीहरूलाई आततायी शक्तिको रुपमा प्रस्तुत गरिएको छ ।
नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री भएको बेलामा मुस्लिमको ‘नरसंहार’सँग जोडिएको सावरमती घटनालाई उनको पक्षमा देखाइएको छ । यी सबै फिल्म हिट मात्रै नभई ब्लकबस्टरसम्म भएका छन् । यही क्रमलाई जोड्ने अर्को कडीको रुपमा कंगना रनौतको पछिल्लो फिल्म ‘इमर्जेन्सी’लाई हेरिएको थियो । यो फिल्मको मूल विषय भनेको सन १९७५ देखि १९७७ सम्म इन्दिरा गान्धी सत्तामा हुँदा सत्ता लम्ब्याउन तथा राजनीतिक महत्वाकांक्षा पुरा गर्न लागू गरिएको भनिएको ‘इमर्जेन्सी’ अर्थात आपतकाल थियो ।
कंगनाले यो फिल्मलाई इन्दिरा गान्धी भारतको लागि नायक नभइ खलनायिका नै थिइन् भन्ने स्थापित गराउन धेरै प्रयास गर्दै नभनिएको संवाद ‘इन्दिरा इज इण्डिया, इण्डिया इज इन्दिरा’ तथा म नै क्याबिनेट हुँजस्ता कुराहरू भनेको देखिन्छ ।
विषयवस्तु ‘इमर्जेन्सी’ भएको हुँदा आमदर्शकको अपेक्षा यहि विषयमा भन्ने हुन्छ । यो फिल्म सुरु देखि नै विवादमा आइरह्यो र मिडिया रिपोर्टलाई हेर्दा कंगनाले यो फिल्म रिलिज गर्न धेरै पापड पेल्नुपर्यो । चर्चा र विवादलाई हेर्दा यो फिल्मको प्रचार प्रचुर मात्रामा भएको मान्न सकिन्छ, किनभने रिलिज हुनुभन्दा अघि निर्माताले हाईप सिर्जना गर्नको लागि पनि आफै विवाद खडा गरेर त्यसलाई आवश्यकताभन्दा बढी चर्चामा ल्याउँछन् । यसले दर्शकमाझ कौतुहलता ल्याँछ र उनीहरु फिल्म हेर्न हलसम्म जान्छन भन्ने मान्यता राखिन्छ । यर अर्थमा ‘इमर्जेन्सी’ फिल्मले दर्शकलाई हलसम्म राम्रैसँग तान्नुपर्ने हो तर यस्तो भएको देखिँदैन ।
अब फिल्मको कुरा गरौं, अभिनेत्री रनौत हिमाञ्चल प्रदेशबाट आएकी सामान्य केटी हुन् । जो नातावाद र कृपावाद हावी भएको मानिने बलिउडमा आफूलाई स्थापित गराउन संघर्षको पृष्ठभूमि छ । यस बीचमा उनले प्रशस्तै फरक धारका थुप्रै हिट फिल्म दिइन् जसले उनलाई ग्ल्यामर मात्र नभइ प्रतिभाशाली कलाकारको रुपमा पनि स्थापित गरेको छ । उनमा यति घमण्ड पलाएको देखिन्छ कि उनले बलिउडका प्रायः सबै स्थापित हस्तीको बारेमा कुनै न कुनै टिप्पणी सार्वजनिक रुपमा गरेकी हुँदा उनका मित्रभन्दा शत्रु धेरै छन् । ‘झाँसीकी रानी’ जसलाई उनी आफैले निर्देशन समेत गरेकी थिइन् । यसको सफलतापछि उनमा पुरुषप्रधान बलिउडलाई चुनौति दिँदै महिलाप्रधान फिल्ममा आफूलाई स्थापित गराउन खोजिन् ।
मिडिया रिपोर्ट हेर्दा ८ वटा उनकै वरपर घुम्ने फिल्म प्रायः फ्लप भएका छन् । यो प्रस्तुत फिल्म उनका लागि अत्यन्तै महत्वपूर्ण थियो किनभने उनी आफै निर्माता भएर करिब ६० करोड भारु यसमा लगानी गरेको देखिन्छ । बक्सअफिस रिपोर्टलाई हेर्दा यो आलेख तयार पार्दासम्म फिल्मले १२ करोड पनि कमाएको देखिँदैन ।
बंगलादेशको स्थापना पनि केही हदसम्म देखाउन खोजिएको छ तर यो पनि न फेद न टुप्पो समाउन मिल्ने खालको छ । नेहरुलाई असफल देखाउँदै बीजेपीको चाकरी गर्नको लागि चीन र भारतको सन १९६२ को युद्धलाई पनि देखाइएको छ ।
२ घण्टा १६ मिनेटको ‘इमर्जेन्सी’ हेर्नलाई धेरै ज्ञान र धैर्यता चाहिने रहेछ । फिल्मको मुख्य विषय ‘इमर्जेन्सी’ भएपनि यो वास्तवमा स्वर्गीय इन्दिरा गान्धीको बायोपिक हो, किनभने कथालाई उनका हजुरबुवा मोतीलाल, बुवा जवाहरलाल लगायतलाई देखाउँदै उनको मृत्युसम्म देखाइएको छ । यसलाई बीजेपीको राजनीतिलाई सघाउनको लागि बनाइएको प्रपोगान्डा फिल्म भनेर धेरैले भनेका थिए । यदि यस्तो हुन्थ्यो भने बीजेपीका करोड सदस्यमध्ये २ करोडले मात्र यो फिल्म हेरिदिएमा लागत उठाएर पनि नाफामा जान सक्थ्यो । स्थिति के भएको छ भन्दा मोदीले आफ्नो पुरै क्याबिनेटसहित ‘सावरमती’ फिल्म हेर्दा, केन्द्रियमन्त्री नितिन गडकरीबाहेक कसैले हेर्न चासो दिएका छैनन, त्यसले गर्दा कंगना छट्पटाहटमा देखिन्छिन ।
‘इमर्जेन्सी’ फिल्म इन्दिरा गान्धी माथि बनाइएको हुँदा उनकै वरपर घुम्नु स्वभाविक हो । तर उनले आफूलाई बीजेपी नेतृ तथा टिभी अभिनेतृ स्मृति इरानीजस्तै स्थापित गर्नको लागि कांग्रेस, पन्जाब र पुरै किसान आन्दोलनलाई आलोचना गरेकी छन् । सिंगो कांग्रेस पार्टीले यो फिल्मलाई बहिष्कार गर्नु स्वाभाविक हो । शिख समुदायलाई बारम्बार अपमान गरेकी हुँदा पञ्जाब सरकारले कुनै घोषित प्रतिवन्ध नलगाए पनि शिख संगठनहरूले विरोध गर्दा पञ्जाबमा फिल्म लागेकै छैन । भारतीय राजनीति र त्यहाँको इतिहास नपढेका वा नबुझेका व्यक्तिले यो फिल्मको फेद र टुप्पो दुवै भेट्टाउन गाह्रो छ ।
कुनै पनि फिल्मले दर्शकलाई तब मात्र बाँध्न सक्छ जब त्यसका कलाकार आफ्नो चरित्रमा पुरै डुबेर वास्तविक अवस्था र घटना भएको आभास दिन सक्छन् । तर पुरै फिल्मभरि कुनै पात्र वा कलाकारलाई आफ्नो भूमिकामा न्याय गर्न दिइएको छैन । विषयवस्तु धेरै पस्किन खोज्दा कुन घटनाप्रधान हो, कुन भूमिकाप्रधान हो भन्ने खुट्याउनै मुस्किल देखिन्छ । बंगलादेशको स्थापना पनि केही हदसम्म देखाउन खोजिएको छ तर यो पनि न फेद न टुप्पो समाउन मिल्ने खालको छ । नेहरुलाई असफल देखाउँदै बीजेपीको चाकरी गर्नको लागि चीन र भारतको सन १९६२ को युद्धलाई पनि देखाइएको छ ।
सम्भवतः कंगनाले यो फिल्मलाई इन्दिरा गान्धी भारतको लागि नायक नभइ खलनायिका नै थिइन् भन्ने स्थापित गराउन धेरै प्रयास गर्दै नभनिएको संवाद ‘इन्दिरा इज इण्डिया, इण्डिया इज इन्दिरा’ तथा म नै क्याबिनेट हुँजस्ता कुराहरू भनेको देखिन्छ । इमर्जेन्सीको अवधिमा विपक्षी नेतालाई जेलमा निकै यातना दिइएको पनि देखाइन्छ । वास्तविकमा जयप्रकाश नारायण लगायतलाई उच्च सम्मानका साथ राखिएको भन्ने गरिँदो रहेछ । सम्भवतः भारतीय सेन्सर बोर्डमा उनले धेरै पापड पेल्नुपरेको हुँदा उनले चाहेर पनि इन्दिरा गान्धीलाई पुरै खलनायिकाको रुपमा स्थापित नगराएर ‘इमर्जेन्सी’ पछिको कार्यकालमा राम्रो कार्य गरेको बरु उनलाई पुरै बिगार्ने उनको छोरा संजय गान्धी भएको देखाएकी छन् ।
यसरी फिल्मलाई इन्दिरा गान्धीको पुरै विरोधी नभई धेरै सकारात्मक कुरासहित टुंग्याएकी छन् । उनका लागि दुर्भाग्य के भइदियो भन्दा उनले आफ्नो मातृपार्टी बीजेपीलाई रिझाउन यो फिल्म बनाउन खोज्दा त्यस्तो पनि भएन, सुरु देखिनै पुरै कांग्रेस विरोधी छवि वनाएकी हुँदा उसलाई धेरै नबिझाउने फिल्म हँुदा हँुदै पनि उसका समर्थक तथा कार्यकर्ताले हेर्ने कुरा भएन ।
युट्युवमा आएका बग्रेल्ती समाचार र समीक्षा हेर्दा कंगनाले यो फिल्ममा गरेको ६० करोडको लगानी उठाउने सम्भावना कमै देखिन्छ । एकातिर आमदर्शकलाई त यसले आकर्षण गरेन । बीजेपीका १७ करोड कार्यकर्ता, यसका नेतालाईसम्म रिझाएको भए ‘कश्मिर फाइल्स’ तथा ‘केरला स्टोरी’जस्तो यो फिल्म पनि हुन सक्थ्यो, तर लेखक, निर्माता, निर्देशन तथा मुख्य भूमिका समेत आफैले निर्वाह गरेर नकरात्मक छवि बनाएको कारणले गर्दा यो फिल्मले उनलाई घर न घाटको बनाएको छ ।