गायक उदित नारायणको एउटा भिडियो यतिबेला चर्चामा छ । यो भिडियो लाइभ कन्सर्टको हो, जसमा गायकले एक महिला फ्यानलाई ओठमा किस गरेको देख्न सकिन्छ ।
अहिले यो भिडियो सामाजिक संजालमा ट्रोल भैरहेको छ । महिला फ्यानमाथि उदितले गरेको चुम्बनलाई धेरैले प्रश्न गरिरहेका छन् । उनी आलोचनाको केन्द्रमा छन् र घटना विवादित बनेको छ ।
उदितले भने भाइरल भिडियोलाई लिएर प्रष्टीकरण दिएका छन् । भाइरल भिडियोमा उदितले लाइभ कन्सर्टमा फिल्म ‘मोहरा’को हिट गीत ‘टिप-टिप बर्षा पानी’ गाउँदै गरेको देखिन्छ । त्यसपछि केही महिला फ्यान सेल्फी लिन स्टेज नजिक पुग्छन् ।
उदितले पनि मायापूर्वक उनीसँग सेल्फी लिन्छन् । त्यसपछि उनको गालामा चुम्बन गर्छन् । यसपछि गायक स्टेजको अर्को छेउमा गएर त्यहाँ उभिएका बाउन्सरलाई फ्यानलाई स्टेजको नजिक आउनबाट नरोक्न संकेत गर्छन् ।
त्यसपछि एक युवती फ्यान स्टेज नजिक जान्छिन्, जहाँ उदित सेल्फीका लागि स्टेजमा घुँडा टेक्छन् र फोटो खिचेपछि उनको ओठमा चुम्बन गर्छन् । यो दृश्य सामाजिक संजालमा भाइरल बनिरहेको छ ।
उदितको प्रष्टीकरण
भिडियोलाई लिएर हंगामा भएपछि उदितले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा लामो स्पष्टीकरण दिएका छन् । उनले यसलाई ‘प्रेमको अभिव्यक्ति’ भनेका छन् । उदितले भने- ‘फ्यान धेरै क्रेजी हुन्छन् । हामी त्यस्तो छैनौं । हामी सभ्य मानिस हौं । यो कुरा भाइरल बनाएर के गर्ने ? भीडमा धेरै मानिस थिए र हामीसँग अंगरक्षक पनि थिए । फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छ जस्तो लाग्छ । त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहँुदैन ।’
‘म स्टेजमा हुँदा पागलपन देखिन्छ’
गायकले थपे, ‘मेरो परिवारको छवि यस्तो छ कि सबैले विवाद होस् भन्ने चाहन्छन् । मेरो छोरा आदित्य सधैं शान्त छ । विवादमा आउँदैन । स्टेजमा गीत गाउँदा पागलपन हुन्छ । फ्यानले मलाई माया गर्छन्, मलाई पनि लाग्छ उनीहरू खुसी होस् । हामी यस प्रकारका मानिस होइनौं । हामीले फ्यानलाई पनि खुसी पार्नुपर्छ ।’
उदित आफ्नो स्पष्टीकरणमा भन्छन्, ‘म इन्डष्ट्रिमा आएको ४६ वर्ष भयो । मेरो छवि यस्तो भएको छैन । जब फ्यानहरूले मलाई माया गर्छन्, म हात जोड्छु । यो समय फर्केर आउला कि नआउला भनी सोच्दै मञ्चमा निहुरिन्छु ।’
सोसल मिडियामा आलोचना
सामाजिक सञ्जालमा गायकका बारेमा विभिन्न खालका कुरा लेखिएका छन् । केहीले यसलाई एआईद्वारा सिर्जित भिडियो भनेर बताइरहेका थिए । भिडियो सेयर गर्दै राहुल कुमार नामका एक प्रयोगकर्ताले लेखेका छन्, ‘उदित यति निर्लज्ज कसरी हुन सक्छन् । उनीप्रतिको मेरो सम्मान समाप्त भयो । आफ्नी छोरी उमेरका केटीहरुसँग उनको यस्तो व्यवहार अपेक्षित थिएन ।’
‘चिली विथ चेतन’ नामक अर्का प्रयोगकर्ता लेख्छन्, ‘मलाई आफ्नो आँखामा विश्वास लागेन । यो के हुदैछ । हामी यी सेलिब्रेटीलाई भगवान मान्छौं । उदित पटक-पटक विवादमा पर्ने गरेका छन् । उदितकी पहिलो श्रीमती रञ्जना झालाईले ठगी गरेको र सम्बन्धविच्छेद नगरी दोस्रो पटक विवाह गरेको आरोप लगाएपछि उनको नाम विवादमा परेको थियो ।
त्यसपछि अदालतले उनलाई आफ्ना दुवै श्रीमतीलाई सँगै राख्न आदेश दिएको थियो । उदितले दीपा नारायणसँग दोस्रो विवाह गरे, जो आफैं गायिका हुन् । उनको दीपाबाट एक छोरा आदित्य नारायण छन्, जो गायक र अभिनेता हुन् ।