बिरगंज । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी, पहिरो र भुकम्प सम्बन्धी सचेतनामूलक कार्यक्रम पर्सा जिल्लामा यस वर्षको कठोर शीतलहरका कारण प्रभावित गरिब तथा विपन्न परिवारलाई राहत प्रदान गर्ने विभिन्न संघसंस्थाहरूलाई जिल्ला प्रशासन कार्यालय पर्साले आज एक कार्यक्रमबीच सम्मान गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा शीतलहर पीडितलाई न्यानो कपडा तथा अन्य आवश्यक राहत सामग्री वितरणमा योगदान पुर्याएका संस्थाहरूलाई प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको हो ।
कार्यक्रममा लायन्स क्लबका देवकीनन्दन अग्रवाल,वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल, रूंगटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रुंगटा, नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एसके चौरसिया, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कँडेल, नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका कार्यकारी सदस्य सुरज रुंगटा, ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानसहित रोटरी क्लबलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, पोखरिया नगरपालिकाका प्रमुख प्रधुमन चौहान, बहुदरमाई नगरपालिकाका उपप्रमुख सुष्मा कुशवाह, पटेर्वासुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साह, नेपाल विद्युत प्राधिकरण वीरगञ्जका प्रमुख लगायतकाहरुको विशेष उपस्थिति रहेको थियोे।