पर्सा । पर्सा पकाहामैनपुर गाउँपालिकाको कार्यसम्पादन मूल्यांकन जिल्लाभरकै कमजोर रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गाउँपालिकाले ३२.० अंक पाएको छ ।
१७ वटा विभिन्न सूचक आयोगले गर्ने मूल्यांकनमा १०० अंकमा पकाहामैनपुर गाउँपालिका मुस्किलले ३२.० अंक प्राप्त गर्दै पर्साको १४ स्थानिय तह मध्ये विकास निर्माण लगायतको काममा सबै भन्दा कमजोर सावित भएको छ ।
निर्वाचनमा आफूहरु राम्रो भएको र राम्रो रहेको छवि देखाउँदै गाउँपालिकामा पुरै कांग्रेसले विजयी हासिल गरेको थियो । पालिका भरिका जनताहरूले उहाँहरुमाथि विश्वास गर्दै नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवारलाई विजयी गराएको थियो तर आजको कार्यसम्पादन मूल्याङ्कन हेर्दै पालिकाबासी निरास भएका छन् ।
पालिकामा अध्यक्ष सुरेश मेहता , उपाध्यक्ष सर्फुन नेशा , वडा अध्यक्षद्वय विनोद मेहता , मुकुट प्रसाद चौहान , सञ्जय चौहान , ढेडी यादव , बलिराम चौरसिया लगायत २ वडा सदस्य बाहेक पुरै कांग्रेसले जितेको पालिकाको कार्यसम्पादन मूल्यांकन कमजोर हुँदा जिम्मेवारी कसले लिने भने आम जनसमुदायले निर्वाचित जन प्रतिनिधिहरुसंग गरेका छन् ।
आयोगले पालिकाले गरेको खर्च, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे÷नगरेको, राजस्वको विभाजन गरे÷नगरेको लगायतका सूचकमा मूल्यांकन गरेको हो । आम जनसमुदायको लागि सीधा रूपले बुझ्दा पकाहामैनपुर गाउँपालिकामा विकास भन्दा बढी भ्रष्टचार भएको बुझ्न सकिन्छ ।
असार १० भित्र बजेट ल्याए÷नल्याएको, असार ३० भित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिकरूपमा दिए÷नदिएकोलगायत आधारमा मूल्याङ्कन गरिन्छ ।
आयोग संवैधानिक निकाय हो । सङ्घीयतामा सङ्घ, प्रदेश र स्थानीय तहहरूको राजस्व बाँडफाँड, अन्तरतह वित्तीय हस्तान्तरण, आन्तरिक ऋण सीमा तथा समग्रमा आर्थिक स्थायित्वको काम आयोगले गर्दै आएको छ । स्थानीय तहलाई एकमुष्टरूपमा समानीकरण अनुदान दिन आधारहरू तयार गरेर मूल्याङ्कन गर्ने गर्छ । आयोगले विशेष गरेर लेखा प्रणाली र आर्थिक प्रणालीसँग जोडिएर मूल्याङ्कन गरी नतिजा प्रकाशित गर्छ ।
त्यस्तै पर्साकै ठोरी गाउँपालिका ७१.२ अंक प्राप्त गर्दै मधेस प्रदेशमा नै प्रथम हासिल गरेको छ भने ६३.५ अंक प्राप्त गर्दै पर्साको पटेर्वा सुगौली गाउँपालिका मधेस प्रदेशमै दोश्रो भएको छ । त्यस्तै क्रमश परसागढी नगरपालिका ५१.५ , जगरनाथपुर गाउँपालिका ४८.८ , सखुवा प्रसौनी गाउँपालिका ४५.१ , पोखरीया नगरपालिका ४४.३ , छिपहरमाई गाउँपालिका ४४.१ , वीरगन्ज महानगरपालिका ४३.१ , धोबिनी गाउँपालिका ४०.९ , बिन्दबासिनी गाउँपालिका ३८.२ , कालिकामाई गाउँपालिका ३६ .६ बहुदरमाई नगरपालिका ३६.५ र जिराभवानी गाउँपालिका ३२ .४ अंक पाएको छ ।
सिंगो कांग्रेसले जितेको पालिकाको कार्यसम्पादन मूल्यांकन जिल्ला मै कमजोर हुनुको कारण बुझ्नका लागि पूर्व गाउँपालिका अध्यक्ष विजय चौरसियासंग प्रश्न गर्दा कर्मचारीले राम्रो काम गरेन , बाटोघाटोको राम्रो विकास भएन , बजेटको दुरूपयोग गर्दै बढी कमिसनका लागि खरिद समान प्रयोग गरिएकोले कार्य सम्पादन मूल्यांकन कमजोर भएको उनले दाबी गरे ।
कार्यसम्पादन मूल्यांकन भनेको कामकाज लगायत विकास निर्माणको काम राम्रो हुनु तर यहाँ केही राम्रो नभई मात्र कमिसनको खलेले यस्तो अवस्था आएको उनले बताए ।
आज कार्यसम्पादन मूल्यांकनमा कमजोर हुनुको मतलब हरेक क्षेत्रमा कमजोर हुनु हो यसको मतलब निर्वाचित सम्पूर्ण जनप्रतिनिधि असक्षम हुनु हो । पालिका निर्वाचित सम्पूर्ण जनप्रतिनिधिहरु मात्र कमिसनको खेलमा लाग्नु भएको उनले आरोप लगाए साथै महिनै पीछे हाकिम सरुवामा लाग्नु भनेको भ्रष्टाचारमा लिप्त भएको प्रमाणित गर्दछ।