वीरगंज,कार्तिक १५
हिन्दू परिषद नेपाल पोखरिया नगर कमिटीको आज गठन गरिएको छ । अखलेश कुर्मीको अध्यक्षतामा ३१ सदस्यीय समिती गठन गरिएको छ । नव गठित समितीको वरिष्ठ उपाध्यक्ष सुरुज साह कानू, उपाध्यक्ष रामबालक राम,लालदेव कुर्मी, सचिव चन्देस्वर पटेल,सह(सचिव राजन मिश्रा, कोषाध्यक्ष जवाहिर साह कानू, प्रबक्ता धर्मेन्द्र चौरसिया,कार्य समिति सदस्यहरुमा शिव महतो कोइरी,नन्दकिशोर साह,राजू राम,मथुरा महतो,भुलाई साह,सत्यनारायण साह,कृष्ण कुमार, रबीन्द्र पटेल,मुनिलाल केवट,नन्दकिशोर मुखिया,रमेश ठाकुर, महाबीर ठाकुर,बैजनाथ ठाकुर, चंद्रभूषण प्रसाद,साहेब पटेल,मुना चौहान, हृदयनारायण प्रसाद कुर्मी, पशुराम पटेल,रामपुकार गिरी रहेका छन । यसैगरी बैठकले आजै ५सदस्यीय सल्लहकार समिति समेत गठन गरेको छ । समितीमा जनक साह,त्रिभुवन गिरी,देवराज पटेल,बीरेन्द्र गिरी,नीरज दुवेदि रहेका छन। बैठकलाई सम्बोधन गर्दै हिन्दु परिषद नेपालका अध्यक्ष संतोष पटेलले वर्तमान समय हिन्दू समाजको लागि संकट पूर्ण रहेको बताउदै धर्म(निरपेक्षताको आड़मा तीन तहको सरकारले सौतेला ब्यवहार गरेको आरोप लगाउनुभयो । पटेलले हिन्दू परिषद नेपाल प्रति नेपालीहरुको विश्वास बढ्दै गएको जानकारी दिनुभयो । परिषद हिमाल पहाड़ तराई मधेस जोड़ने सेतुको रुपमा काम गरेको बताउनुभयो । पोखरिया नगरपालिका स्थित श्री हनुमान मन्दिर प्रांगणमा भएको कार्यक्रममा परिषद केन्द्रिय सदस्य सुरेश साह कानू, पर्सा जिल्ला सचिव अंशु कुमार प्रजापति, छिपहरमाई गाँउपालिक कमिटी सल्लहकार शिव जी साह कानू लगायतले शुभकामना मंतब्य ब्यक्त गरेका थिए।