बारा । बाराको नवतन गण्डकमा शनिबार न्यू राव ईन्टरप्राइजेजको आयोजनामा ५ औ पटक खुल्ला रक्तदान कार्यक्रम सपन्न भएको छ । नवतन गण्डक चौकमा न्यू राव ईन्टरप्राइजेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ जना महिला सहित १०७ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभराज पाण्डेले जानकारी दिए । रक्तदान गर्नेहरुमा ललिता देवी, संगीता देवी, किरण देवी, सबिता सहनी, प्रभा देवी , मुकेश पटेल, अकलेश पटेल, धरमेश पटेल, संदिप पटेल, धरमेन्द्र पटेल, मंगेश्वर पटेल, सुरज सिंह, विवेक कुमार साह, आकाश पटेल, रन्जन कुमार साह लगायतले रक्तदान गरेका हुन् ।
साथै संस्थाका अध्यक्ष राम सिंह पटेलले २८ औ पटक रतmदान गरेका छन । उनले आफु स्वस्थ्य रहुनजेलसम्म रक्तदान गरिरहने र संस्थाको कार्यक्रम नियमित गरिरहने बताए । साथै उनले यस कार्यक्रमलाई सफल बनाई दिनुभएकोमा सहयोगि सबैलाई धन्यबाद ज्ञापन गरे ।
रक्तदान कार्यक्रमको उद्घाटन ईलाका प्रहरी कार्यालय नौतनका प्रमुख प्रहरी निरीक्षक सुरेशराज भट्टले गरेका थिए । उनले रक्तदान गरेर जीवनदान गर्नु जत्तिकै पुण्यको काम कुनै नभएको दाबी गरे । साथै उनले आजको कार्यक्रमले वीरगंज लगायत आसपासका क्षेत्रमा रगतको अभाव कम हुने र अरु पनि संघ , संस्थालाई यस्ता कार्यक्रमहरुको आयोजना गरिरहन आग्रह गरे ।
यसैगरी सामाजिक संघ संस्थासँगै निजी व्यवसायीहरुले पनि रक्तदान कार्यक्रमको आयोजना गरेर सामाजिक कार्य गरेको भन्दै नेपाल रेडक्रस सोसाइटी पर्साका नवनिर्वाचित सभापति बृजकिशोर पटेलले खुशी व्यक्त गरे । उनले यस कार्यक्रमले यूवाहरुमा नयाँ उत्साह आएको बताए । साथै अरु व्यवसायीहरुलाई पनि कार्यक्रमको आयोजना गर्न उनले आग्रह गरे । उनले यस्ता संघ, संस्थाहरुलाई नेपाल रेडक्रस सोसाइटीले सम्मान पनि गर्ने बताए ।
रक्दान गर्नेहरुलाई संस्थाको तर्फबाट टी सर्ट र प्रमाणपत्रले सम्मानित गरिएको थियो । न्यू राव इन्टरप्राइजेजका सञ्चालक राम सिंह पटेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा रक्तसंञ्चार केन्द्रका प्राविधिक टोली, स्थानीयबासी, सुरक्षाकर्मी, समाजसेवी लगायतहरुको सहभागिता रहेको थियो ।