वीरगन्ज । जीवन ज्योती माध्यमिक विद्यालयको आयोजनामा बक्तित्व कला प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । विद्यालयको आफ्नै सभा हलममा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुले बक्तित्वा कला प्रतियोगितामा भाग लिएका थिए । सानै देखि बच्चाहरूमा बोल्ने कलाको विकास गर्ने र मञ्चमा आएर कसरी बोल्ने भन्ने कलाको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको विद्यालयकी सञ्चालिका मीनाक्षी गुप्ताले बताइन् । उनले आफना बिधार्थीहरुलाई शिक्षाको साथ साथै बोल्ने कलाको पनि विकास होस भन्ने कुरामा बढी जोड दिएको बताईन । कार्यक्रममा बोल्नका लागि विद्यार्थीहरुलाई बिषयबस्तु पाठ्य पुस्तकबाटै दिइएको थियो ।
सो प्रतियोगितामा कक्षा १ बाट रिदम रौनियार प्रथम, प्रीयल तिवारी दोस्रो र अरविन्द साह तेली तेस्रो स्थान हासिल गरेका छन् । यसैगरी कक्षा २ बाट यसराज चौधरी प्रथम , आधिरा रौनियार दोस्रो र प्रभास यादव तेस्रो भएका छन । यस्तै कक्षा ३ बाट दीक्षा पटेल प्रथम, अभिनित कुशवाहा दोस्रो र राघिनी गुप्ता तेस्रो भएका छन् । यसैगरी कक्षा ४ बाट उत्कर्ष तिवारी प्रथम, आयुष रौनियार दोस्रो, जोया खातुन र प्रिया सिंह तेस्रो भएका छन् । यस्तै कक्षा ५ बाट प्रकृति गिरी प्रथम, साक्षी रौनियार दोस्रो र अनन्या यादव तेस्रो भएका छन् ।
विजयी भएका सबै विद्यार्थीहरुलाई विद्यालयका प्रधानाध्यापक मीनाक्षी गुप्ता, अभिभावक लगायतले मेडल र शिल्ड वितरण गरेका थिए । कार्यक्रममा निर्णायक मण्डलमा एलविन रेन्जोर्स र दिलीप गुप्ताले अहम भूमिका निर्वाह गरेका थिए । वहाँहरुलाई विद्यालयले मायाको चिनोले सम्मान गरेको थियो ।
कार्यक्रममा बोल्दै निर्णायक मण्डलका एलविन रेन्जोर्सले साना ( साना विद्यार्थीहरू निक्कै मिहिनेती र चञ्चलता रहेको बताए । उनले सबै विद्यार्थीहरुले आफ्नो वेस्ट दिएको र उनीहरुलाई जज गर्न निक्कै गाह्रो भएको बताए । उनले अबको केही वर्षमा नै यी विद्यार्थीहरूमा राम्ररी बोल्न सक्ने, लेख्नन सक्ने कलाको विकास हुने बताए ।
कार्यक्रममा दिलीप गुप्ताले यस स्कूलले आउने दिनहरुमा यस्तै कार्यक्रमहरूको आयोजना गरेर विद्यार्थीहरूको मनोबल बढाउन आग्रह गरे । कार्यक्रममा अभिभावकहरुले पनि आफ्ना बच्चाहरूको प्रस्तुति देखेर निकै खुशी व्यक्त गरेका थिए । उनीहरूले स्कूलका डाइरेक्टर शिव गुप्ता, मीनाक्षी गुप्ता, शिक्षक, शिक्षिका लगायत सबैलाई धन्यबाद दिएका थिए । सो अवसरमा विद्यालयका शिक्षक, शिक्षिका विद्यार्थी, अविभावक र सञ्चारकर्मीहरुको पनि उपस्थिति रहेको थियो ।