काठमाण्डौ । आज महाशिवरात्रि पर्व देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
आज बिहानैदेखि पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेव मन्दिर, तनहुँको शुक्लेश्वर महादेव मन्दिर, जनकपुरधामको बाबा भूतनाथ महादेव मन्दिरलगायतका विभिन्न ठाउँका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो छ ।




पशुपतिनाथ मन्दिरमा पूजाअर्चनाका लागि आएका भक्तजनको घुइँचो ।

केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चनाका लागि आएका दर्शनार्थी ।


केदारनाथको शिर भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पूजाअर्चनाका लागि आएका दर्शनार्थी ।

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ च्यवनधाममा रहेको शुक्लेश्वर महादेव मन्दिरमा पूजाअर्चका लागि आएका भक्तजन ।

अर्घाखाँचीको सन्धिखर्क–१ चुत्रावेसीको सिद्धेश्वर शिवालयमा पूजाअर्चनाका लागि आएका भक्तजन ।

दाङको घोराही उपमहानगरपालिका–५ धारापानीमा रहेको पाण्डवेश्वर धाममा पूजा अर्चनाका लागि लामबद्ध भक्तजन ।

वीरेन्द्रनगर–९ लाटीकोइलीमा रहेको शिव मन्दिर परिसरमा बत्ती बाल्दै भक्तजनहरू ।

जनकपुरधाममा रहेको बाबा भूतनाथ महादेव मन्दिर (स्वर्गद्वारी) मा पूजाअर्चनामा गर्न आएका भक्तजन ।

वीरगञ्जको अलखिया मठमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजन ।