आज २०८१ फागुन १७ गते शनिवार, तद्अनुसार १ मार्च २०२५ । आज फागुन शुक्ल द्वितीया, साध्य बालव पूर्व भाद्र, शून्य भेदभाव दिवस, सूर्योदय बिहानः ०६ः२८ बजे, सूर्यास्त साँझः १८ः०४ बजे ।
आजको राशिफल
मेष
अ, आ, चू, चे, चो, ला, ली, लू, ले, लो
मेहनतको फल प्राप्त हुनेछ । प्रतिष्ठा बढ्ने छ । धन प्राप्ति सहज हुनेछ । प्रसन्नता रहने छ। आजीविकाका नयाँ अवसरहरू प्राप्त हुनेछन् । वैवाहिक जीवन सुखमय रहने छ ।
वृष
ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो
पुराना साथीसँग भेटघाट हुनेछ । उत्साहवर्धक समाचार प्राप्त हुनेछ । सम्मान बढ्ने छ । व्यवसाय राम्रो सञ्चालन हुनेछ । आफ्नै बुद्धिमत्ताले सही निर्णय लिन सक्नु हुनेछ ।
मिथुन
का, की, कू, घ, ङ, छ, के, को, ह
भाग्य वृद्धिका प्रयास सफल हुनेछन् । उपहार प्राप्त हुनेछ । यात्रा, लगानी र रोजगारी फलदायी रहने छन् । जोखिम नलिनु होला । आफ्नै क्षमता र परिश्रमले भाग्य बढ्ने छ ।
कर्कट
ही, हू, हे, हो, डा, डी, डू, डे, डो
सवारी तथा मेसिनरी प्रयोगमा सावधानी अपनाउनु होला आफ्नो सामान सुरक्षित राख्नु होला । स्वास्थ्यमा खर्च हुन सक्छ । विवादबाट टाढा रहनु होला । यात्रामा आफ्नो सामान सुरक्षित राख्नु होला ।
सिंह
मा, मी, मू, मे, मो, टा, टी, टू, टे
बाँकी रहेको रकम उठाउन सफल हुनु हुनेछ । व्यवसायिक यात्रा सफल हुनेछ । आम्दानी बढ्ने छ । चौतर्फी खुशीको वातावरण रहने छ । आर्थिक स्थिति मध्यम रहने छ ।
कन्या
ढो, पा, पी, पू, ष, ण, ठ, पे, पो
नयाँ सम्झौताहरू हुनेछन् । यात्रा, लगानी र रोजगारी अनुकूल रहने छ । शत्रुहरू सक्रिय रहने छन् । कार्य प्रवृत्तिमा यथार्थता र व्यावहारिकता आवश्यक छ । जीवनसाथीलाई ध्यान दिनु होला ।
तुला
रा, री, रू, रे, रो, ता, ती, तू, ते
धार्मिक कार्यमा रुचि बढ्ने छ । सरकारी अवरोध हट्ने छ । वरिष्ठजनको सहयोग प्राप्त हुनेछ । स्वास्थ्यमा ध्यान दिनु होला । बुद्धि र तर्कले सफलता प्राप्त हुनेछ।
वृश्चिक
तो, ना, नी, नू, ने, नो, या, यी, यू
समय अनुकूल छैन । सवारी, मेसिनरी र आगोको प्रयोगमा सावधानी अपनाउनु होला । लेनदेनमा सावधानी अपनाउनु होला । वैवाहिक जीवन सुखद रहने छ । सकारात्मक विचारले प्रगति सम्भव हुनेछ ।
धनु
ये, यो, भा, भी, भू, धा, फा, ढा, भे
प्रेम सम्बन्ध अनुकूल रहने छ । सरकारी कार्यहरू सफल हुनेछन् । व्यवसाय राम्रो चल्ने छ । चिन्ता रहने छ । जोखिम नलिनु होला । सन्तानबाट सहयोग प्राप्त हुनेछ ।
मकर
भो, जा, जी, खी, खू, खे, खो, गा, गी
सम्पत्ति सम्बन्धी कार्य लाभदायक रहने छन् । परीक्षा तथा अन्तर्वार्तामा सफलता प्राप्त हुनेछ । खुशी बढ्ने छ । धन आर्जन हुनेछ । समाजमा प्रतिष्ठा बढ्ने छ ।
कुम्भ
गू, गे, गो, सा, सी, सू, से, सो, दा
आनन्दोत्सवमा सहभागी हुने अवसर प्राप्त हुनेछ । सिर्जनात्मक कार्यहरू सफल हुनेछन् । व्यवसाय राम्रो सञ्चालन हुनेछ । धैर्य राख्दा सफलता मिल्ने छ । योजनाहरू सफल हुनेछन् ।
मीन
दी, दू, थ, झ, ञ, दे, दो, चा, ची
अरूबाट धेरै अपेक्षा नगर्नु होला । जोखिम नलिनु होला । विवादबाट टाढा रहनु होला । प्रशासनिक व्यक्तिहरूसँग सम्बन्ध बढ्ने छ । विद्यार्थीहरूले प्रतियोगितामा सफलता प्राप्त गर्नेछन् । व्यापार राम्रो चल्नेछ ।