पर्सा । सर्लाही जिल्लाको ब्रहम्पुरी निवासी हाल वीरगन्ज -२६ सुगौली बस्दै आएका समाजसेवी रामनरेश साहले वीरगन्ज -१७ अलौ कोनिया टोलका असहाय जादोलाल बैठाको दुइटै छोरीको कन्यादान गरेका छन ।
दुईटै छोरीहरुको विवाह शनिवार राती सम्पन्न भएको छ । दुइटै छोरीहरुको बिवाहमा लगने सम्पूर्ण खर्चसमेत सहयोग गरेर उदाहरणीय मानवतापूर्ण कार्य साहले गरेका छन ।
उक्त छोरीका बुवा प्रत्येक दिन कुनै न कुनै काम गरेर आफनो घर परिवार चलाउने गरेका छन् । एक छोरा र चार छोरी गरी पाँच संतानको बुवा जादोलाल अहिले सम्म एक छोरीको मात्र विहे गरेका छन । बाकी एक छोरा र एक छोरीको उमेर अहिले सानो रहेका छन् । यस्तो महंगाईको बेला कोई कतो सहारा नभएको बेला साह उनका लागी भगवान भएको उनी बताउँछन् ।
यस्तै आज कन्यादानमा सहयोग गरी आफ़ू कुंभ स्नान गरेको साहले बताए । उनले अगाडी भने प्रत्येक व्यक्तिले आफ़नो कमाईबाट आफनो घर परिवारको साथ साथै गरीब असहाय परिवारमा खुशी बाटनू नै मानवता भएको बताउदै अरुलाई पनी यस्तो कार्यमा सहयोग गर्न अनुरोध समेत गरे । भाई राज साहबाट प्रेरित भई आफ़ू पनी समाजसेवामा लागेको हुदा भाईलाई धन्यवाद प्रकट गरे।
यस पुण्य कार्यको प्रशंसा गर्दे बीरगंज कपड़ा बैंक , दैजो प्रथा एवं सामाजिक कुरीति विरुद्ध जागरण मंच , हेरिटेज पब्लिक कॉलेज लगायत विभिन्न संस्था व्यक्तिहरूद्वारा समाजसेवी साह लाई कदर पत्रद्वारा सम्मानित गरीएको थियो ।
उक्त कार्यक्रम सहभागी भई पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र , सामाजिक अभियंता प्रकाश थारू, बृजेश्वर चाधरी,प्रकाश उपाध्याय, लालाबाबू सिंह,कन्हैया पटेल,राज साह ,मंगेश्वर यादव,सरोज चौधरी,शम्भु सह,अशोक साह,सुमन कामस्य,बीरेंद्र यादव ,किरण , खुशबू लगायत विभिन्न व्यक्तित्वहरुले छोरीहरु लाई शुभकामना तथा आशिर्वाद प्रदान गरेका थिए ।