पर्सा । जिल्ला प्रहरी कार्यालय पर्सामै कार्यरत रहेका वरिष्ठ सई गगन बहादुर शाही इन्चार्ज गएको १ घण्टा मै फेरि जिल्ला तानिएको खबर प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत रहेका वरिष्ठ सई शाही केही दिन देखि नेपाल मै हुण्डी कारोबारीको नामले प्रख्यात एक हुण्डी कारोबारीको मिलोमतोमा यूनिट इन्चार्ज पाउन्न सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्सा परिसर भित्र गएको आईतबार २ मार्चका दिन बिहान करिब १० बजे देखि १०:२५ सम्म हुण्डी कारोबारीको नामले प्रख्यात व्यक्ति र सई गगन बहादुर शाही बीच कुराकानी भएको थियो ।त्यस पछि सई शाही मंगलबार प्रहरी चौकी सिर्सिया हाजिर हुन्न गएका थिए ।
उनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतका प्रहरी चौकी सिर्सिया (अलौ)को यूनिट पाउन सफल हुँदै उनी गएको मंगलबार आफ्ना खाट र ओछयान सहित प्रहरी चौकी सिर्सिया पुगेको केही बेरमै फेरि आफ्ना खाट र ओछयान लिई जिल्लामा फर्किएका छन् ।
स्रोतका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय पर्सामा दररेट तोकी यूनिट इन्चार्ज पठाइरहेको कुरा बाहिर आएको छ । सोही अनुरूप वरिष्ठ सई शाहीले आफ्नो दररेट बराबरको शर्त पूरा गरी प्रहरी चौकी सिर्सियाको इन्चार्ज पाउन सफल भएका थिए , भने प्रहरी चौकी सिर्सियामा कार्यरत अनुप ढकाललाई जिल्ला प्रहरी कार्यालय पर्सामा फिर्ता ल्याउने कुरा रहेको थियो ।
हुण्डी कारोबारीको सहयोगमा प्रहरी चौकी सिर्सिया पुगेका वरिष्ठ सई शाही फेरि किन जिल्ला तानिए त्यो कुरा अहिले रहस्यमै रहेको छ । प्रहरी ऐनले नै बनाएको ऐन अनुसार एक यूनिट इन्चार्जले कम्तीमा ९ महिनासम्म इन्चार्ज बसी कामकाज गर्न पाउने सुविधा हुँदाहुँदै जिल्ला प्रहरी कार्यालय पर्सा आएका प्रहरी उपरीक्षक गौतम मिश्रले तीन महिना नपुगेकालाई पनि जिल्ला तानेर आर्थिक चलखेलमा माहिर मानिएका प्रहरीहरुलाई धमाधम यूनिट इन्चार्ज बनाउँदै आएका छन् ।
प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेलको कार्यकालमा आर्थिक चलखेलमा मुछिएका प्रहरी इन्चार्जहरुलाई जिल्ला तानेर राखेका मध्ये केहीलाई प्रहरी उपरीक्षक गौतम मिश्रले फेरि इन्चार्जको जिम्मेवारी दिएसँगै आम जनसमुदायको चर्चाको विषय बनेको छ ।
यो विषयमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रसंग बुझ्दा फिर्ता बोलाइयो छैन उहाँ हाजिर हुनु भएको छैन , उहाँ भोलि सम्म हाजिर हुनु हुन्छ भने उहाँले बताउनु भयो ।
यो विषयमा प्रहरी चौकी सिर्सियामा कार्यरत सई अनुप ढकालले मंगलबारको दिन वरिष्ठ सई शाही हाजिर हुन आउनु भयो र मलाई जिल्ला बोलाइएको कुरा जानकारी नभएकोले मैले बुझ्नका लागि केही बेर कुरा गर्न थाले त्यही बेला उहाँको मोबाइलमा फोन आयो कि तपाईं जिल्ला आउनु अनि उहाँ फर्की सक्नु भयो भने उहाँले जानकारी गराउनु भयो ।
