वीरगञ्ज । वीरगञ्जको ऐतिहासिक शैक्षिक संस्था ठाकुरराम बहुमुखी क्याम्पसमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा विद्यार्थी राजनीतिमा उत्साह र सरगर्मी बढेसंगै ठाकुरराम बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेविसंघबाट सचिव पदका उम्मेदवार रहेका मेघराज यादवको नाम चर्चामा रहेको छ ।
कलेजमा अध्यनरत बिधार्थीहरुका अनुसार यादव निरन्तर विद्यार्थीहरूको हकहितका लागि आवास उठाउँदै आएकोले उनको नाम चर्चामा रहेको छ । यादव निरन्तर कलेजमा रही विद्यार्थीहरूको भर्ना लगायतको काममा आफै अग्रसर रही विद्यार्थीको समस्या बुझी सम्पादनका लागि सम्बन्धित निकायसँग समन्वय गरी विद्यार्थीहरूको समस्या समाधान गर्ने गरेका छन् यसैले उनी यो पाली सचिवमा जित्ने सम्भावना रहेको विद्यार्थीहरुले बताएका छन् ।
यादवको उम्मेदवारी के लागि ?
यादवको अनुसार आफ्नो सङ्गठनको मुख्य एजेण्डा शैक्षिक सुधार नै रहेको बताए। नेविसङ्घले शिक्षासँगै उद्यमशीलता र शैक्षिक प्रमाणपत्रसँगै रोजगार अभियान सञ्चालन गर्ने, शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षा क्षेत्रमा भएको निजी लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउने एजेण्डा अघि सारेको बताए ।
यस्तै क्याम्पसमा स्ववियुलाई भ्रष्टाचाररहित बनाई सक्षम नेतृत्व उत्पादन गर्ने थलोका रूपमा विकास गर्ने र स्ववियु र क्याम्पसको बजेटको वार्षिक लेखापरीक्षण गरी आर्थिक पारदर्शिता गराउने आफ्नो एजेण्डा रहेको यादवले बताए ।
यस्तै वैज्ञानिक, व्यावहारिक, प्राविधिक र अनुसन्धानात्मक शिक्षामा जोड, माध्यमिक शिक्षा सबै नेपालीका लागि अनिवार्य र निःशुल्क बनाउन र उच्च शिक्षा सबैको पहुँचमा, गुणस्तरीय र सर्वसुलभ बनाउँदै क्रमशः निःशुल्क बनाउने आफूहरूको एजेण्डा रहेको यादवले जानकारी गराए ।