बिरगंज । विगत दुई वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको हिलिङ टच स्पा एन्ड सलोनले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।वीरगञ्जको लोहारपट्टी रोडस्थित आरबी कम्प्लेक्सको पाँचौँ तल्लामा उक्त कार्यक्रमको आयोजना गरिएको हो। उक्त कार्यक्रममा प्रमुख अतिथि पर्सा जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्यालको आतिथ्यमा एवम् विशिष्ट अतिथिमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्र,सस्त्र प्रहरीकाका प्रमुख एस्पी राधेश्याम धिमाल,नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति बृजकिशोर पटेल,उधोग बाणिज्य संघ पर्साका अध्यक्ष अनिल अग्रवाल,उपाध्यक्ष माधव राजपाल,धिरज दारुका,डा.निरज सिंह,डा.रमेश अग्रवाल लगाएतकाहरुको सहभागिता रहेको थियोे।
संचालक रोशन गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा ३ महिला सहित ५४ जनाले आफ्नो अमुल्य रक्तदान गरेका थिए। रक्तदान गर्नु हुनेमा सुभाष पटेल,राजकुमार पासवान,प्रेमनारायण नारायण राई
बिचन महतो,राकेश कुमार जैसवाल,विनीत अग्रवाल
सुरेश कुमार गोयल,दिपेन्द्र ,अमनअग्रवाल लगाएतकाले गरेका थिए।
उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा सन्योजक अभिलाष गुप्ता,सामुदायिक प्रहरी कुम्हालटाेलका सचीव श्रवन बहादुर रायमाझी,बिरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई लगाएतकाहरुको उपस्थिति रहेको थियोे।
कार्यक्रममा रक्त संचार बिरगंजका जितेन्द्र कुश्वाहा,राजन श्रीवास्तव,नमित चौरसिया लगाएतका टिम द्वारा प्राविधिक सहयोग गरिएको छ।
संचालकका भनाई अनुसार वीरगञ्जको एकमात्र पारिवारिक स्पा हो। वीरगञ्जको लोहारपट्टी रोडस्थित आरबी कम्प्लेक्सको पाँचौँ तल्लामा अवस्थित हिलिङ टच स्पा एन्ड सलोन स्पामा शान्त, सङ्गीतमय र प्राकृतिक वातावरण छ। सेवाहरूमा फुल बडी मसाज,युनिक सेक्स सलोन,जाकुजी बाथ,हट स्टोन थेरेपी,हेयर पैच,जीउ मसाज, हात-खुट्टाको मसाज, बडी स्क्रब, डिप सेन्स मसाज, फुट बाथ,स्टिम बाथ, फूट मसाज र फिस फूट मसाजजस्ता सुविधाहरू उपलब्ध रहेको छ । त्यसैगरी, महिला र पुरुष दुवैका लागि उपयुुक्त रहेको सबै बिरगंज वासीहरु लाई लाभ उठाउन जानकारी गराएका थिए।