अभिलाष गुप्ता / बिरगंज । नेशनल प्याब्सन पर्साद्वारा आयोजना गरिएको जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगिताको उद्घघाट्न आज एक कार्यक्रमका बीच पूर्व मन्त्री जितेन्द्र सोनलले गरेका छन् ।
जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगिता नेशनल प्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
पुर्व मन्त्री सोनलले कार्यक्रम सम्बोधन गर्दै नेशनल प्याव्सनको कार्य एकदम सराहनीय रहेको बताएका छन् । उनले मधेस सरकारले खेलकुद ऐन पारित गरे संगै अब प्रदेशमा खेलकुद प्रती सरकारले काम गर्न पाउने भएको बताए । मधेस प्रदेशमा खेलकुदको उच्च सम्भावनालाई मध्यनजर गर्दै विभिन्न योजनाहरु ल्याउ खेलकुद मन्त्रालयलाई आवाहन समेत गरे । क्रीकेट खेल लोकप्रीय खेल भएको जिकिर गरे । क्रीकेट टुर्नामेट प्रतियोगिताले नेपाललाई विश्वकपमा पुर्याउन महत्त्त्वपूर्ण भुमिका खेलेको बताएका थिए ।
यस जुनियर टि 20 क्रिकेट टूर्नामेंट प्रतियोगितामा पर्सा जिल्ला भरीबाट नेशनल प्याब्सनमा आबद्ध ज्ञान निकेतन, विद्या सदन, सिद्धार्थ एकेडेमी, एन्जल वड, ओएसिस माध्यमिक विद्यालय, मदर लैन्ड, पर्सा इश्वर ईङलिस बोर्डिङ स्कूल, आईडियल एकेडेमी, माउन्ट हर्मन , श्री जेपीएस एकेडेमी, ज्ञानोदय मावि , मिशन एकेडेमी, विभूति एकेडेमी, ममता विद्या मन्दिर , शान्ति निकेतन स्कूल श्री कन्हैया साह ई.बो. स्कुल लगायतका १६ वटा बिधालयका बालबालिका छात्राहरु भाग लिएका छन ।
उक्त कार्यक्रममा विभिन्न स्कुलका शिक्षक एवं विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।